मुख्य समाचार
पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल खेल आज
पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल खेल आज

। फ्रान्समा भइरहेको पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलका खेलहरु आज हुँदैछ । पहिलो क्वाटरफाइनमा मोरक्कोले अमेरिकासँग खेल्नेछ ।

समूह चरणमा अर्जेन्टिनालाई पराजित गर्दै समूह बी को विजेता बनेको मोरक्को उच्च मनोबलका साथ मैदान उत्रनेछ । यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे पेरिसमा हुनेछ ।


दोस्रो सेमिफाइनलमा एसियाली राष्ट्र जापानले स्पेनको सामना गर्नेछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे लियोनमा हुनेछ । यस्तै इजिप्ट र पाराग्वेबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे मार्सेमा हुनेछ ।

क्वाटरफाइनलको सबैभन्दा ठूलो खेल आयोजक फ्रान्स र अर्जेन्टिनाबीच हुनेछ । यो खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे बोर्डेक्समा हुनेछ । पुरुष फुटबलमा समूह ए बाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बी बाट मोरक्को र अर्जेन्टिना, समूह सी बाट इजिप्ट र स्पेन तथा समूह डी बाट जापान र पाराग्वेले अन्तिम ८ मा स्थान बनाएका हुन् । सेमिफाइनल अगष्ट ५ मा हुनेछ भने फाइनल खेल अगष्ट ९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम