मुख्य समाचार
गुल्मीमा अरिङ्गालले टोकेर युवकको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर युवकको मृत्यु

: गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन