मुख्य समाचार
बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याए
बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याए

: बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याएका छन्। फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष डबल्सको क्वार्टरफाइनलमा सिधा सेटमा पराजय बेहोरेपछि मुर्रेले आफ्नो र्‍याकेट थन्काउने निर्णय गरेका हुन्।


ओलम्पिकका दुई पटकका स्वर्ण विजेता मुर्रे र डान इभान्सको जोडीले अमेरिकाका तेस्रो वरीयता प्राप्त टेलर फ्रिट्ज र टमी पलसँग ६–२, ६–४ ले पराजय बेहोरेको थियो। खेलपछि समर्थकले लामो नारा लगाइरहँदा मुर्रे भावुक देखिएका थिए। आँखाभरि आँसु पार्दै उनी कोर्टबाट बाहिरिएका थिए।
खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुर्रैले आफू सन्न्यासका लागि पहिलेदेखि नै मानसिक रूपमा तयारी अवस्था रहेको बताए। ‘आफ्नो सक्रिय खेल जीवनको अन्तिम खेल खेल्दा भावनात्मक रूपमा भावुक भइँदो रहेछ। तर, म यसमा खुसी छु। आफ्नो उपलब्धिप्रति मलाई गर्व छ’, उनले भने, ‘म सबैभन्दा धेरै यसमा खुसी छु कि मैले आफ्नो खेल जीवनको अन्त्य ओलम्पिकबाट गर्न पाएँ।’


मुर्रेले सन् २०१२ को लन्डन र सन् २०१६ को रियो ओलम्पिकको पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। उनी एकै वर्ष ओलम्पिकमा स्वर्णसँगै यूएस ओपनको उपाधि जित्ने पहिलो खेलाडी हुन्। मुर्रेले यसअघि नै पेरिस ओलम्पिक आफ्नो अन्तिम खेल हुने बताइसकेका थिए। ३७ वर्षीय मुर्रेले आफ्नो खेल जीवनबाट आफू सन्तुष्ट र गौरवान्वित रहेको बताए। ‘मलाई आफ्नो करियर, उपलब्धि र खेलमा जे जति गर्न सकें त्यसमा म सन्तुष्ट छु। यसमा गर्व महसुस गर्छु’, उनले भने।

पूर्वविश्व नम्बर एकसमेत रहेका मुर्रेले सन् २०१२ र २०१६ को ओलम्पिकमा स्वर्णसँगै २०१२ मा यूएस ओपन तथा सन् २०१३ र २०१६ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए। सन् २०१३ को विम्बल्डन टेनिसको उपाधि उनले ७७ वर्षको लामो घडेरी तोड्दै बेलायत भित्र्याएका थिए। उनी सन् २०१६ मा विश्व नम्बर एक बनेका थिए। उनी विश्व नम्बर एक बन्ने पहिलो बेलायती पनि थिए।

सन् २००५ मा व्यावसायिक खेल जीवन सुरु गरेका मुर्रेले एक हजार एक एकल खेल खेलेका छन् भने कयौं पटक जोडीसँग कोर्टमा उत्रिएका छन्। उनले करिब १९ वर्षको सक्रिय खेल जीवनमा ४६ एटीपी उपाधि जितेका छन्। पाँच पदक ओलम्पिकमा प्रतिस्पर्धा गरेका मुर्रेले तीन ग्रान्डस्लाम उपाधिसँगै विश्व नम्बर एकको ताज पनि पहिरिएका थिए। पेरिस ओलम्पिकमा सहभागी हुनका लागि उनले धेरै मेहनत गरेका थिए। चोटका कारण एक सिजन नै कोर्ट बाहिर रहेका उनले पेरिस ओलम्पिक सुरु हुनुअघि ढाडको शल्यक्रियासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...