मुख्य समाचार
बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याए
बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याए

: बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याएका छन्। फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष डबल्सको क्वार्टरफाइनलमा सिधा सेटमा पराजय बेहोरेपछि मुर्रेले आफ्नो र्‍याकेट थन्काउने निर्णय गरेका हुन्।


ओलम्पिकका दुई पटकका स्वर्ण विजेता मुर्रे र डान इभान्सको जोडीले अमेरिकाका तेस्रो वरीयता प्राप्त टेलर फ्रिट्ज र टमी पलसँग ६–२, ६–४ ले पराजय बेहोरेको थियो। खेलपछि समर्थकले लामो नारा लगाइरहँदा मुर्रे भावुक देखिएका थिए। आँखाभरि आँसु पार्दै उनी कोर्टबाट बाहिरिएका थिए।
खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुर्रैले आफू सन्न्यासका लागि पहिलेदेखि नै मानसिक रूपमा तयारी अवस्था रहेको बताए। ‘आफ्नो सक्रिय खेल जीवनको अन्तिम खेल खेल्दा भावनात्मक रूपमा भावुक भइँदो रहेछ। तर, म यसमा खुसी छु। आफ्नो उपलब्धिप्रति मलाई गर्व छ’, उनले भने, ‘म सबैभन्दा धेरै यसमा खुसी छु कि मैले आफ्नो खेल जीवनको अन्त्य ओलम्पिकबाट गर्न पाएँ।’


मुर्रेले सन् २०१२ को लन्डन र सन् २०१६ को रियो ओलम्पिकको पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। उनी एकै वर्ष ओलम्पिकमा स्वर्णसँगै यूएस ओपनको उपाधि जित्ने पहिलो खेलाडी हुन्। मुर्रेले यसअघि नै पेरिस ओलम्पिक आफ्नो अन्तिम खेल हुने बताइसकेका थिए। ३७ वर्षीय मुर्रेले आफ्नो खेल जीवनबाट आफू सन्तुष्ट र गौरवान्वित रहेको बताए। ‘मलाई आफ्नो करियर, उपलब्धि र खेलमा जे जति गर्न सकें त्यसमा म सन्तुष्ट छु। यसमा गर्व महसुस गर्छु’, उनले भने।

पूर्वविश्व नम्बर एकसमेत रहेका मुर्रेले सन् २०१२ र २०१६ को ओलम्पिकमा स्वर्णसँगै २०१२ मा यूएस ओपन तथा सन् २०१३ र २०१६ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए। सन् २०१३ को विम्बल्डन टेनिसको उपाधि उनले ७७ वर्षको लामो घडेरी तोड्दै बेलायत भित्र्याएका थिए। उनी सन् २०१६ मा विश्व नम्बर एक बनेका थिए। उनी विश्व नम्बर एक बन्ने पहिलो बेलायती पनि थिए।

सन् २००५ मा व्यावसायिक खेल जीवन सुरु गरेका मुर्रेले एक हजार एक एकल खेल खेलेका छन् भने कयौं पटक जोडीसँग कोर्टमा उत्रिएका छन्। उनले करिब १९ वर्षको सक्रिय खेल जीवनमा ४६ एटीपी उपाधि जितेका छन्। पाँच पदक ओलम्पिकमा प्रतिस्पर्धा गरेका मुर्रेले तीन ग्रान्डस्लाम उपाधिसँगै विश्व नम्बर एकको ताज पनि पहिरिएका थिए। पेरिस ओलम्पिकमा सहभागी हुनका लागि उनले धेरै मेहनत गरेका थिए। चोटका कारण एक सिजन नै कोर्ट बाहिर रहेका उनले पेरिस ओलम्पिक सुरु हुनुअघि ढाडको शल्यक्रियासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...