मुख्य समाचार
भारतको मध्य प्रदेशमा पर्खाल भत्किदा ९ बालबालिकाको मृत्यु
भारतको मध्य प्रदेशमा पर्खाल भत्किदा ९ बालबालिकाको मृत्यु

: भारतको मध्य प्रदेशको सागरको साहपुरस्थित एक घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको भारी वर्षाका कारण आइतबार बिहान ८:३० बजेतिर जीर्ण घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।


प्रहरीका अनुसार दुईजना बालकको घटनास्थलमै मृत्यु भएको हो। बाँकी सातजनालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुईजना बालबालिकाको भने अस्पतालमा उपचार भइरहेको बीबीसीमा समाचार छ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले ट्वीट गर्दै मृत्यु भएका बालबालिकाको परिवारलाई राहतस्वरुप जनही ४/४ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले जीर्ण घरको पर्खाल भत्किदा निर्दोष बालबालिकाहरूको ज्यान गएको खबरले दुखित बनाएको बताएका छन्।


मुख्यमन्त्री यादवले घाइते बालबालिकाको उचित उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...