मुख्य समाचार
लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण !
लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण !

लोग्नेस्वास्नीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, लोग्ने र स्वास्नीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ?

कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा अवतरण गर्नुपर्ने आपत आइलाग्दो रहेछ ।




आयरल्याण्डमा हालै एउटा यस्तै घटना भएको डेलीस्टारले उल्लेख गरेको छ ।

समाचार अनुसार आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको उक्त जहाजका यात्रुका रुपमा रहेका एक दम्पतिबीच जहाज भित्रै झगडा सुरु भयो ।



आखिर पतिपत्नीको झगडा न हो, एकछिनमै कलह शान्त भैहाल्ला भन्ने अरु सबै यात्रु तथा चालक दलको विश्वास थियो । तर, त्यस्तो भएन । झगडा उग्र बनेर मारमुंग्रीकै तहमा पुग्यो । जसका कारण यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराए ।

बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । उक्त जहाजभित्र यात्रुको रुपमा रहेका एक दम्पतिबीच निकै उग्र झगडा भएसँगै विमानका कर्मचारीले उनीहरुलाई शान्त पार्ने कोसिस गर्दा समेत झगडिया लोग्नेस्वास्नी मारपिटमै उत्रिन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसपछि सो जहाजलाई न्यानटेस विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

जहाजभित्र कुटपिट तथा झगडाका क्रममा पत्नी चाहीँको अनुहारमा चोट लागेको थियो ।

पत्नीमाथि हातपात गर्ने पुरुषलाई विमान अवतरण पश्चात् पक्राउ गरिएको थियो । झगडालु दम्पतिलाई निकालेसँगै करीब २ घण्टापछि जहाज पुनः उडाइएको थियो ।

जहाजभित्रै झगडा तथा मारपिट गर्ने ती झगडालु पति पत्नीको नाम चाहीँ खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ । आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामग्रीहरू गुमाएको एमएसएफले बताएको छ । दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र ...
। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच लामो र विस्तृत टेलिफोन वार्ता भएको छ, जसलाई ट्रम्पले सकारात्मक मानेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार चीनले यस सिजनमा २० मिलियन टन र अर्को सिजनमा २५ मिलियन टन सोयाबिन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यो सम्झौता अमेरिकी किसानहरूका लागि ठूलो राहत मानिएको छ। चीनले अमेरिकाबाट ...
युट्युबमा भेटिएको तौल घटाउने टिप्सलाई विश्वास गर्दा एक किशोरीको ज्यान गएको छ । घटना भारतको हो । भारतीय मिडियामा आएको खबरअनुसार तमिलनाडुकी १९ वर्षीया किशोरीले बोरेक्स पाउडर सेवन गर्दा ज्यान गुमाएकी हुन् । ज्यान गुमाउने किशोरी तामिलनाडुको सेलुर मीनाम्बलपुरम निवासी कलैयारसी हुन् । उनका बुबाआमाले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । कलैयारसी एक ...
जेफ्री एपस्टाइनको मुद्दाको नयाँ खुलासामा तिब्बती आध्यात्मिक नेता दलाई लामाको नाम १६९ पटक उल्लेख भएको पाइएको छ
। चीनले विद्युतीय सवारीसाधन (ईभी) मा लोकप्रिय मानिने ‘लुकेका ढोकाका ह्यान्डल’ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो निर्णयसँगै चीन यस्तो कदम चाल्ने विश्वकै पहिलो प्रमुख अटोमोबाइल बजार बनेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको नयाँ नियमअनुसार, अबदेखि गाडीको ‘टेलगेट’ (डिक्की) बाहेक सबै ढोकाहरूमा अनिवार्य रूपमा मेकानिकल (यान्त्रिक) रिलिज सिस्टम हुनुपर्नेछ । पछिल्ला ...