मुख्य समाचार
स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प
स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प

। स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । बोर्डका कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि कामकाज ठप्प पारेका हुन् ।

बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाल करारका कर्मचारीहरू माथि दुर्व्यहार गर्दै आएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेका कारणले कर्मचारीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन् ।

बोर्डका अधिकांश कर्मचारीले कार्यकारी निर्देशकलाई साउन ३ पत्रमा लेख्दै १५ दिनभित्र रिजालको काजफिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । बोर्डले यस विषयमा कुनै कामकारबाही नगरेपछि उनीहरु कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको एक कर्मचारीले अनलाइनखबरलाई बताए ।

शुक्रबार बोर्डका कर्मचारीले एक प्रेस विज्ञप्ति जारी गर्दै रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गर्ने, जागिर खाइदिन्छु भनी धम्काउने, अपशब्द बोली कर्मचारीलाई मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।



‘उहाँले कर्मचारीलाई गर्ने व्यवहार अमर्यादित छ । अरुका कुरा नसुन्ने आफूमात्रै जान्ने सोच्नुहुन्छ,’एक कर्मचारी भन्छन्,‘करारका कर्मचारीलाइ जागिर खाइदिन्छु भन्दै थर्काउने गर्दै आएका छन् ।’

बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न बन्द भएको छ । रिजाललाई यसअघि पनि बोर्डले कारबाही गरेको थियो ।

२०७० बैशाखमा हालकै कार्यकारी निर्देशक डा.दामोदर बसौलाले रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए ।तर भएको केही ११ महिनापछि रिजाल बोर्डमा कामकाजमा आएका थिए ।

‘उहाँले पटक–पटक दुव्यवहार गर्नुभएका कारण केही कर्मचारीले जागिर समेत छोडेका छन्,’ बोर्डका अर्को एक कर्मचारी भन्छन्, ‘ बीमा काजमा पुनःआउनुले राम्रो नियत छैन भन्ने प्रष्टै देखिन्छ ।’

ती कर्मचारीका अनुसार अनुसार कार्यकारी बर्सौलाले रिजाललाई च्याप्दै आएका थिए। त्यही आडमा उनले कर्मचारी माथि आफ्नो हैकम देखाउँदै आएका उनको आरोप छ । हाल बोर्डका कार्यकारी निर्देशक डा. बर्सौला व्यक्तिगत कारणले बिदामा छन् ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले कर्मचारीले उठाएको विषय भोलि (सोमबार) समधान गर्ने प्रतिक्रिया दिए । ‘उहाँहरुले उठाएको विषयको सम्पूर्ण जानकारी छैन । निर्देशक ज्यू पनि बिदामा हुनुहुन्छ,’ डा. लोहनीले अनलाइनखबरसँग भने, ‘भोलि बसेर यस विषयको टुंगो लगाउछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारी र तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देवसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भण्डारी र देवसहित तत्कालीन निर्देशक ...
। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ । विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी ...
: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्। थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा ...
— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ। होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र ...
— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्। सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम