मुख्य समाचार
मिस नेपालको ताज जितेपछि के भन्छन् विजेता ?
मिस नेपालको ताज जितेपछि के भन्छन् विजेता ?

। महिनौं लामो प्रतिस्पर्धापछि अन्ततः मुलुकले नयाँ मिस नेपाल प्राप्त गरेको छ । विश्व ‘ब्युटी पेजेन्ट’का तीन महत्वपूर्ण विधा मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधि पक्का भएको छ । शनिबार गोदावरीमा आयोजित प्रतिस्पर्धामा आश्माकुमारी केसी मिस नेपाल वर्ल्ड, करुणा रावत मिस नेपाल इन्टरनेसनल र सुमना केसी मिस नेपाल अर्थ छनोट भएका छन् ।

२६ वर्षीया आश्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । ५ फिट ५ इन्च उचाइकी यी सुन्दरी काठमाडौंकी बासिन्दा हुन् । १८ वर्षको उमेरदेखि नै उनले अनलाइन व्यापार थालेकी थिइन् र उनले १२ भन्दा बढी महिलालाई रोजगारी दिएकी छन् ।




२५ वर्षीया करुणाको घर तनहुँमा हो । तीन वर्षदेखि उनी अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रुपमा कार्यरत छिन् । नर्सिङमा स्नातक उत्तीर्ण उनको उचाइ ५ फिट ४ इन्च छ । १५ वर्षको उमेरमा उनी मिस एसएलसी पोखरा घोषित भएकी थिइन् ।

चितवनकी सुमनाको उमेर २५ वर्ष छ । डेन्टल सर्जरीमा स्नातक गरेकी सुमना मेडिकल पृष्ठभूमिकी हुन् । उनको उचाइ ५ फिट ६ इन्च छ । उनी पछिल्लो समय काठमाडौंस्थित पिपुल्स डेन्टल हस्पिटलमा इन्टर्न गरिरहेकी थिइन् । उनी ‘सबैका लागि स्वास्थ्य’ नारासहित ग्लोबल हेल्थ एड्भोकेट बन्न चाहन्छिन् ।



मिस नेपालको ताज पहिरिएपछि तीनैजना सुन्दरीसँग गरिएको संक्षिप्त संवाद :

आजको दिनलाई कसरी लिनुहुन्छ ?

आश्मा : बिहान आँखा खुल्ने बित्तिकै केही पोजेटिभ हुन्छ भन्ने पहिलो कुरा दिमागमा आएको थियो । दिनभर नै म सकारात्मक थिए । आज मेरो जीवनको ठूलो दिन हो भन्ने मनमा लागिरहेको थियो । त्यही भएर आजको लागि म असाध्यै उत्साही थिएँ । आजको मेरो दिन थकानले भरिएको त थियो नै, यहाँ बसिरहँदा त्यो थकान बिर्सिएजस्तो लागेको छ ।

सुमना : मलाई केही एक सातादेखि नै केही राम्रो भइरहेको छ भन्नेजस्तो महसुस भइरहेको थियो । त्यो भित्री आवाज बलियो ढंगले आइरहेको थियो । आजको रात बिहानैदेखि महत्वपूर्ण छ भन्ने लागेको थियो ।

करुणा : अडिसनदेखि नै म मिस इन्टरनेसनल नेपाल हुन्छु भनेर सोचेकी थिएँ । ट्रेनिङ सेसनहरुमा पनि मैले साथीहरुलाई दोहोर्‍याएर यो कुरा भनिरहेकी हुन्थें । यो ताज लगाउँदा मलाई सपनाजस्तो लागेको थियो र सपना पूरा भयो भन्ने लाग्यो ।



तपाईंको लागि यो ताज के हो ?

आश्मा : मेरो लागि यो ताज मात्र नभएर उत्तरदायित्व पनि हो । जसरी हाम्रा पूर्वमिस नेपालहरुले आफ्ना प्रोजेक्ट अघि बढाएर राम्रोसँग नेपालको प्रतिनिधित्व गर्नुभयो, उहाँहरुकै ‘ब्युटी विथ पर्पस’ले कुनै गाउँमा पुल, स्वास्थ्य चौकी र बिजुली पुगेको छ । त्यही भएर म यसलाई उत्तरदायित्व मान्छु । यो प्रोजेक्ट र लिगेसीलाई अघि बढाउनुपर्छ भन्ने कर्तव्य ममा आएको छ ।

सुमना : मिस अर्थको ताजलाई हामी अहिलेको जल्दोबल्दो वातावरणीय मुद्दासँग जोड्दैछौं । यो प्रतिस्पर्धा र क्राउनमार्फत वातावरण संकटबारे हाम्रो आवाज उठाउनेछौं । चाँडै यो परियोजना गर्नका लागि म उत्साहित छु ।

करुणा : लिगेसीको कुरा गर्दा यसअघि प्रसिद्धिले जापानमा राम्रो प्रस्तुति दिनुभएको थियो । जापानमा प्रस्तुति दिन म उत्साहित छु । दुई महिनापछि हाम्रो फिनाले हुँदैछ । मैले मनले सोचेको कुरा प्राप्त गरें । धेरै खुसी छु ।

ओभरनाइट सेलिब्रेटी हुँदा कस्तो महसुस गर्नुभएको छ ?

आश्मा : म सेलिब्रेटी नै भइसकेको अनुभव भएको छैन । मैले मिस नेपालको जर्नी सुरु गरेदेखि नै मलाई धेरै माया, सपोर्ट आइरहेको थियो । मलाई यो जर्नीमा यति धेरै माया दिनुभएकोमा धन्यवाद छ । जतिबेला मैले विश्व मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिरहेको हुन्छु, त्यतिबेला पनि यस्तै माया र साथ पाइराखुँ ।

नेपाललाई यो प्लाटफर्मबाट कसरी चिनाउने धोको छ ?

आश्मा : प्राकृतिक र सांस्कृतिक सम्पदामा हाम्रो देश धनी छ । हाम्रो देशमा सगरमाथा छ, गौतम बुद्ध हुनुहुन्छ । हाम्रो देशमा सांस्कृतिक सम्पदा पनि छ । मलाई नेपालको मान्छेको न्यानो आतिथ्यता र दयालुपनलाई पनि विश्वभर चिनाउनु छ ।

सुमना : यसको उत्तर मैले आजको दिनमै दिन नपाउँला । तर अहिलेको जल्दोबल्दो मुद्दामा आफू स्वास्थ्य व्यवसायी भएको नाताले पनि वातावरण र स्वास्थ्य एकअर्कामा अन्तरसम्बन्धित छन् भन्ने लाग्छ । यो क्षेत्रमा काम गर्न आतुर छु । आफ्नो ज्ञान र सीपलाई अझै निखार्नेमा आशावादी छु ।

आश्माजी के गर्दै हुनुहुन्छ ?

म उद्यमी हुँ । म अहिले आयात निर्यातको व्यापार चलाइरहेकी छु । मैले १२ भन्दा बढी महिलालाई नेपालमै रोजगारको अवसर सिर्जना गरिरहेकी छु ।

करुणाजी कसरी लामो समयदेखि अस्ट्रेलियामा बसेर नर्सिङ पेशा गरिरहनुभएको छ । मिस नेपाल इन्टरनेसनलको टाइटल जितेपछि नेपालमै बस्ने तयारी छ कि ?

म अस्ट्रेलियामा रजिस्टर्ड नर्स भएर तीन वर्षदेखि कार्यरत छु । सोचेर नै म आएकी हुँ । सञ्जोग र भाग्यको खेल हो । मेहनत त छँदैछ । अहिलेको लागि योजना भनेको म नेपालमै बस्छु र मेरो प्रोजेक्टतर्फ नै लाग्दैछु । मेरो पूर्ण योजना भनेको नै मिस इन्टरनेसनलमा समय दिएर मेरो देशलाई कसरी प्रस्तुत गरौं भन्ने छ । नेपालमै बसेर काम गर्न चाहन्छु ।



कतिपयले सुन्दरी प्रतियोगिताको विरोध पनि गरिरहेका हुन्छन्, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?

करुणा : विदेशिएको मान्छे, अस्ट्रेलियामा नर्सिङ पेशामा रहेको मान्छे करिअर नै छाडेर मिस नेपालमा कत्तिको भूमिका खेल्न सक्दो रहेछ भनेर त्यही नै प्रमाणित हुन्छ । लाइफस्टाइल र करिअर जुन थियो, प्राज्ञिक र व्यावसायिक रुपमा पनि यी सबै छाडेर म आफ्नो देशमा फर्कन्छु र मिस नेपाल प्लाटफर्म जसले मलाई भ्वाइस दिन्छ, आज मिस नेपाल भैसकेपछि हामीले आज बोलेका धेरै कुरा सुन्नुहुन्छ । एक प्रतिशत मान्छेले परिवर्तन ल्याउन सक्छ ।

मैले बोल्दा अब त सारा देशले सुन्नुहुन्छ । हामीले कुन विषयमा के बोल्दैछौं भन्ने कुरामा हामी विचारशील हुनुपर्छ । त्यो प्रभाव देखिएको छ । विगतमा हाम्रा मिस नेपालहरुले गर्नुभएको काम उदाहरणीय छ ।

मिस नेपाल भएपछि तपाईं शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?

आश्मा : मेरो ड्याडी र मेरो ममी असाध्यै सपोर्टिभ हुनुहुन्छ । त्यसैकारण म यहाँ छु । सुरुमा त मनदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई यो स्टेजमा उभिएर उहाँसम्म आइपुग्ने लायक बनाउनुभयो । मिस नेपालको जर्नी सुरु भएदेखि नै मैले धेरै माया पाएको थिएँ । मिडियामा फलो गर्ने, मेसेज गर्ने र कमेन्टबाट प्राप्त प्रोत्साहनले मलाई अघि बढ्न मद्दत गर्‍यो । यो कुराले म मिस नेपाल बन्छु भनेर संकल्प लिन सजिलो भयो ।

सुमना : परिवार, साथी र म जहाँ काम गर्छु मेरो प्रोफेसरहरु सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु । किनभने एउटा मान्छेको सफलतामा धेरै मान्छेको हात हुन्छ ।

करुणा : सुरुमा म २५ जना कन्टेस्टेन सिस्टर्सहरुलाई धन्यवाद भन्न चाहन्छु । मेरो यो जर्नीमा उहाँबाट धेरै सिक्ने मौका पाएकी छु । नेपाली जो विश्वभर छरिएर बस्नुभएको छ, भोटिङको माध्यम होस् या सामाजिक सञ्जालबाट उहाँहरुले मेरो सपना पूरा गर्न जुन मेहनत गर्नुभएको छ, उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...