मुख्य समाचार
‘द च्यालेन्जर्स’को प्रिमियरमा प्रधानमन्त्री : ‘रियालिटी शोले नेपाल चिनाउन मद्दत पुर्‍याउँछ’
‘द च्यालेन्जर्स’को प्रिमियरमा प्रधानमन्त्री : ‘रियालिटी शोले नेपाल चिनाउन मद्दत पुर्‍याउँछ’

। अमेरिकाको न्युयोर्कपछि एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’लाई नेपाल प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित प्रिमियरमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, अमेरिकी दूतावासका उपप्रमुख जेसन पी मिक्स अतिथिको रुपमा सहभागी थिए ।

शो हेरिसकेपछि प्रधानमन्त्री ओलीले नेपाली युवाले बनाएको यो शोले नेपालको पर्यटन प्रवर्द्धन हुने आशा व्यक्त गरे । नेपाली युवाले बनाएको यो शोको प्रशंसा गर्दै आगामी सात एपिसोड अझै रोचक हुने बताए ।




एकपटक नेपाल आएका पर्यटकलाई अर्कोपटक नेपाल आफैं आऊँ आऊँ लाग्ने ओलीले बताए । रियालिटी शोको माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगतलाई चिनाउन मद्दत पुग्ने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवन सार्थक नहुने बताए ।
मन्त्री पाण्डेले नेपाल चिनाउने यस्ता डकुमेन्ट्रीमा सरकारले युवासँग सहकार्य गर्ने बताए । अमेरिकी कूटनीतिज्ञ मिक्सले लुक्लादेखि सगरमाथा आधार शिविरसम्म दुई साता लगाएर खिचिएको यो डकुमेन्ट्री बनाउन चुनौतीपूर्ण हुने बताए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै हिमाली क्षेत्रमा जलवायु संकटले ल्याएको असरबारे चेतना जगाउने उद्देश्यले फिल्ममेकर श्री गुरुङले यो शोको निर्माण तथा निर्देशन गरेका हुन् । नेपालसहित ६ मुलुकका ११ भ्लगरले १२ दिन बिताउँदै सम्पन्न गरेको पदयात्रा र साहसिक गतिविधि यसमा समेटिएको छ ।

गत महिना न्युयोर्कको टाइम्स स्क्वायरस्थित ऐतिहासिक एएमसी थिएटरमा यसको अमेरिका प्रिमियर गरिएको थियो । यो शोलाई काठमाडौंपछि मनिला र मुम्बईमा पनि प्रिमियर गर्ने तयारी छ । यो शोको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको निर्देशक गुरुङले बताए ।

नेपाल बाहेकका मुलुकका अमेजन प्राइमका सब्सक्राइबरले शो हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चेक बाउन्सको मुद्दामा दिल्ली उच्च अदालतले अभिनेता राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो । यो आदेश उपर यादवले आत्मसमर्पण गर्ने समय अलि थपिपाऊँ भनेर अदालतमा निवेदन दिएका थिए । तर, दिल्ली उच्च अदालतले उनको त्यो मागलाई अस्वीकार गरिदिएको छ । अदालतले उनलाई थप राहत दिने कुनै ठोस आधार नदेखिएको स्पष्ट पारेको छ । फेब्रुअरी २ ...
यो खबरले त पूरै विश्वभरका ‘बीटीएस’ प्रशंसकलाई खुसीले गदगद बनाएको छ ! झन्डै ४ वर्षको लामो प्रतीक्षापछि यो ब्याण्ड फेरि एकसाथ स्टेजमा फर्किँदैछ । तपाईँको ‘लाइट स्टिक’ मा जमेको धुलो पुछ्ने बेला आयो, किनभने बीटीएस आधिकारिक रूपमा फर्किने संघारमा छ । झन्डै ३ वर्ष ९ महिनापछि यो चर्चित ब्यान्डका सातै जना सदस्य एकसाथ स्टेजमा देखिने छन् ...
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ । लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा उनको बाल्यकालको ‘ज्याक्सन फाइभ’ समूहदेखि विश्वकै चर्चित सुपरस्टार बन्नेसम्मको यात्रालाई देखाइनेछ । फिल्मले माइकलको सांगीतिक जादु र उनको जीवनका विभिन्न उतारचढाव तथा विवादहरूलाई पनि समेट्ने ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्री ‘मेलानिया’ ले नर्थ अमेरिकाको बक्सअफिसमा ओपनिङ त गजबकै गरेको छ । तर, फिल्म समीक्षक (क्रिटिक्स) लाई भने यो फिल्मले खासै प्रभावित पार्न सकेन । यो डकुमेन्ट्रीले ओपनिङ वीकेन्डमै झन्डै ७ मिलियन अमेरिकी डलर कमाएको छ । एउटा डकुमेन्ट्रीले कमाउने यो रकम निकै ठूलो परिणाम हो ...
। सन् २०२६ को ग्रामी रेड कार्पेटमा कलाकारले निकै आकर्षक र अर्थपूर्ण पहिरन प्रदर्शन गरेका छन् । यस पटकको फेसनमा ग्ल्यामरका साथै राजनीतिक सन्देश पनि उत्तिकै बलियो देखिएको छ । लेडी गागाले यस पटक म्याटिएरेस फेकालेसको डिजाइनमा सजिएर सबैको ध्यान खिचिन । उनले कालो प्वाँखहरूले भरिएको निकै आकर्षक र भव्य गाउन लगाएकी थिइन्, जसले उनलाई कुनै ...