मुख्य समाचार
पेरिस ओलम्पिकमा अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा, यी हुन् शीर्ष १० मा रहेका देश
पेरिस ओलम्पिकमा अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा, यी हुन् शीर्ष १० मा रहेका देश

विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी (७९) पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन्।



दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ।

चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कास्यसहित ३३ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित कुल ४२ पदक जितेको छ।



पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, पाँच रजत र ११ कास्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र छ कास्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले सात स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १७ पदक जित्दै नवौँ स्थानमा रहेको छ। जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १६ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...