मुख्य समाचार
यी हुन् हसिनाको सरकार ढाल्ने प्रमुख ३ विद्यार्थी नेता
यी हुन् हसिनाको सरकार ढाल्ने प्रमुख ३ विद्यार्थी नेता

: शेख हसिना ४५ दिनपछि ५ अगस्टमा फेरि भारत पुगेकी थिइन् । यसअघि २१ जुनमा भारत आउँदा प्रधानमन्त्री मोदीले उनलाई रेड कार्पेटमा स्वागत गरेका थिए । यसपटक भने उनी बंगलादेशबाट भागेर शरण लिन भारत गएकी हुन्।


उनी यसपटक भारत पुग्दा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। बंगलादेशको प्रधानमन्त्री कार्यालयमा आन्दोलनकारी विद्यार्थीले कब्जा गरेका थिए।

यसरी हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने प्रमुख तीन विद्यार्थी नेता रहेको दैनिक भास्करमा उल्लेख छ। उनीहरुले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका हुन्।


नाहिद इस्लाम : पुलमुनि अचेत अवस्थामा फेला परेका थिए उनी

नाहिद इस्लामलाई हाल बंगलादेशको विद्यार्थी आन्दोलनको सबैभन्दा मुख्य पात्र मानिन्छ । उनले आइतबार विज्ञप्ति निकालेर भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने कि पदमा रहन रक्तपातको सहारा लिने।'

इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन्। उनले प्रहरीले आफूलाई जुलाइ २० बिहान पक्राउ गरेको आरोप लगाएका थिए। प्रहरीले भने यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा वर्दी लगाएका केही व्यक्तिहरूले इस्लामलाई कारमा राखेको देखिन्छ। विद्यार्थी नेता इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि अचेत अवस्थामा फेला परेका थिए । बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनको आरोप छ।

२६ जुलाईमा डिटेक्टिभ ब्रान्चले नाहिदलाई उपचारको क्रममा अस्पतालबाट फेरि गिरफ्तार गरेको थियो । डिटेक्टिभ शाखाले सुरक्षाको कारणले नाहिद र उनका सहयोगीलाई हिरासतमा राखेको बताएको थियो।

नाहिदले एक पत्रिकालाई जुलाई २० मा बिहान २ बजे करिब २५ देखि ३० जनाले उनलाई कुनै कारण नदिई जबरजस्ती लगेका बताएका थिए ।

प्रहरीको कुटपिटबाट घाइते भएका नाहिद इस्लामको अनुहारले प्रदर्शनकारीलाई झन भड्कायो। उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए ।

आसिफ महमूदः यातना सहेर पनि चुप लागेनन्

आसिफ महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जूनमा सुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको प्रमुख हिस्सा बनेका छन्। असिफ महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए। उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा लगिएको हो। आसिफलाई सुरक्षाको कारण हिरासतमा राखिएको बताइयो।

जुलाई २७मा थप दुई विद्यार्थी नेतालाई जासुसी शाखाले नियन्त्रणमा लिएको थियो । उनीहरु सर्जिस आलम र हसनत अब्दुल्ला हुन्। उनीलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुलाई २८ मा परिवारका सदस्यले उनीहरूलाई भेट्न अनुमति मागेका थिए तर भेट्न दिइएन।

प्रहरीले उनीहरुलाई २९ जुलाईमा मात्र विद्यार्थीसँग भेट्न अनुमति दिएको थियो । तर यसअघि नाहिद, आसिफ र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए। रिपोर्टका अनुसार प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाउन लगाएको हो। आसिफलाई एक इन्जेक्सन दिइए जसका कारण उनी धेरै दिनसम्म बेहोस रहेका थिए ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा अगस्ट १ मा भएको प्रदर्शनपछि उनीहरुलाई हिरासतबाट रिहा गरियो। अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरेका थिए।

शेख हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि बयान दिंदै देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने सञ्चारकर्मीलाई बताएका छन् ।

अबु बकर मजुमदार : कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब

अबु बकर मजुमदार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने तीन विद्यार्थी नेताहरूमध्ये एक हुन्। अबु बकर मजुमदार ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन्। उनी नागरिक अधिकार र मानव अधिकारको विषयमा पनि काम गर्छन्।

५ जुनमा आरक्षण विषयमा उच्च अदालतको निर्णयपछि, बकरले आफ्ना साथीहरूसँग मिलेर 'भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन' सुरु गरे। उनले स्वतन्त्रता सेनानीका आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरेका थिए।

अबु बकर मजुमदारलाई जुलाई १९ को साँझ धनमण्डी इलाकाबाट केही व्यक्तिले लगेका थिए । त्यसपछि केही दिनसम्म उनी बेपत्ता भए। दुई दिनपछि उनलाई जहाँबाट लगिएको थियो त्यही सडकमा छाडियो । पछि अबुले सञ्चारमाध्यमलाई प्रहरीले आफूलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताएका थिए।

अस्वीकार गर्दा उनलाई कुटपिट गरिएको उनको आरोप छ। घाइते अबु मजुमदारलाई धनमण्डीस्थित गोनोष्ठय नगर अस्पतालमा भर्ना गरिएको थियो । जुलाई २६ मा प्रहरीले उनलाई फेरि हिरासतमा लियो ।

यसपटक उनलाई लगेका मानिसहरूले आफूलाई ढाका महानगरीय प्रहरीको डिटेक्टिभ विंगका अफिसर भएको परिचय दिएका थिए । त्यहाँ उपस्थित मानिसहरूलाई उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको बताइएको थियो। दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो। एक्समा गरिएको एक ...
। गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ । गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो । यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल ...
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...