मुख्य समाचार
काभा नेसन्स लिग : नेपाललाई इरानविरुद्ध बदला लिने अवसर
काभा नेसन्स लिग : नेपाललाई इरानविरुद्ध बदला लिने अवसर

। घरेलु कोर्टमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज महत्वपूर्ण खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

नकआउट खेल भएकोले मंगलबार इरानविरुद्ध सेमिफाइनल खेल्न कोर्ट उत्रँदा नेपालसामु जितको विकल्प हुने छैन ।




लिग चरणमा इरानसँग मात्र पराजित भएको नेपाल त्यसको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाल र इरानबीचको खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो ३ बजे भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।



लिग चरणमा नेपालले भारतमाथि पाँच सेटमा ऐतिहासिक जित हात पार्दा इरानसँग पाँचै सेटमै पराजित भएको थियो । यस्तै भारतले इरानलाई ३-१ ले पराजित गरेको थियो । यही तीन टिममध्ये दुई टिम नै फाइनल पुग्ने सम्भावना बलियो छ ।

लिग चरणमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो । शनिबार भारतलाई हराएपछि लगातार खेल्नुपरेकोले आइतबार इरानसँग पराजित भएको मुख्य प्रशिक्षक जगदिश भट्टले बताएका थिए ।

सोमबार लिगको अन्तिम खेलमा नेपालले सेटका खेलाडीहरुलाई आराम दिंदै दोस्रो रोजाइका खेलाडी खेलाएको थियो । जसले गर्दा खेलाडीले रिकभरीको लागि समय पाएका थिए ।

इरानी टोलीमा एक खेलाडी बाहेक सबै खेलाडी १९ वर्षमुनिका छन् । उनीहरुले लिग चरणमा नेपालविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा रहेका नेपाली समर्थकविरुद्ध पनि इरानले एकजुट भएर नआत्तिकन खेल प्रदर्शन गरेको थियो । जुन जितको अर्को कारण थियो ।

लिग चरणमा गरेको गल्तीलाई सच्याउँदै सेमिफाइनलमा इरानविरुद्ध राम्रो प्रदर्शन गर्ने नेपालको लक्ष्य छ ।

सेमिफाइनलमा नेपाललाई गल्ती गर्ने छुट नभएको मुख्य प्रशिक्षक भट्ट र कप्तान अरुणा शाहीले बताएका छन् । ‘इरान विरुद्ध यसअघिको खेलमा हामीले सामान्य गल्ती गर्‍यौं । अब हामीले गल्ती गर्नुहुँदैन भन्ने खेलाडीले पनि बुझेका छन्,’ भट्टले लिगको अन्तिम खेलमा माल्दिभ्सलाई हराएपछि भनेका थिए ।

कप्तान अरुणा शाहीले पनि इरानसँगको खेलमा आफूहरूलाई गल्ती गर्ने कुनै छुट नभएको बताउँदै राम्रो प्रदर्शन गर्ने बताइन् । ‘उपाधि जित्ने लक्ष्य राखेपछि हामीलाई गल्ती गर्ने छुट छैन,’ कप्तान अरुणाले भनिन् ।

यसअघि रिसिभ र डिफेन्समा कमजोर रहेको र त्यसमा राम्रो प्रदर्शन गरे इरानलाई हराउन सकिने उनको भनाइ छ ।

कप्तान अरुणासँगै आउटसाइड हिटरद्वय निरुता ठगुन्ना र उषा भण्डारी, अपोजिट स्पाइकर सरस्वती चौधरीको प्रदर्शन नेपालको लागि महत्वपूर्ण बन्न सक्छ ।

पहिलोपटक सिनियर टिमबाट खेलिरहेकी मिडल ब्लकर सुमित्रा रेग्मीले पनि राम्रो प्रदर्शन गरिरहेकी छन् । यस्तै नेपालको डिफेन्समा लिबेरो सलिना श्रेष्ठ हुनेछिन् ।

नेपालले अहिलेसम्म इरानसँग खेलेका दुवै खेलमा पराजित भएको छ । सन् २०१७ मा भएको एफआईभिबी वुमन्स भलिबल क्वालिफिकेसनमा नेपाल इरानसँग सोझो सेटमा पराजित भएको थियो भने यसपटक घरेलु कोर्टमै पराजित भयो ।

काभा नेसन्स लिगमा भारतलाई हराउने लक्ष्य पूरा गरेको नेपालको अब अर्को लक्ष्य उपाधि जित्ने छ । त्यसका लागि सेमिफाइनलमा इरानलाई हराउनुपर्नेछ र त्यसपछि फाइनल जित्नुपर्नेछ । श्रीलंका तुलानात्मक रुपमा कमजोर रहेकोले भारत फाइनल पुग्नका लागि बलियो दाबेदारको रुपमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...