मुख्य समाचार
बंगलादेशको संसद विघटन
बंगलादेशको संसद विघटन

: बंगलादेशको संसद विघटन भएको छ। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले मंगलबार आदेश जारी गर्दै संसद विघटन भएको जानकारी दिएका छन्।



बंगलादेशका तीनै सुरक्षा निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज र आन्दोलनरत विद्यार्थी नेताहरूसँग भएको संयुक्त बैठकपछि राष्ट्रपतिले संसद विघटन गरेका हुन्।

गत जनवरीमामात्रै बंगलादेशमा आम निर्वाचन सम्पन्न भएको थियो। उक्त चुनावपछि शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन्। उक्त निर्वाचनलाई धेरैले विरोध गरेका थिए।



प्रधानमन्त्री शेख हसिना सोमबार पदबाट राजीनामा दिएकी थिइन्। उनी राजीनामा दिएर भारतको त्रिपुरा राज्यको अगरतालामा शरण लिएकी थिइन्। एजेन्सीहरूका लागि उनी बेलायत जाने तयारी गरेकी छन्। यता बंगलादेशको सेना प्रमुखले अन्तरिम सरकार बनाउने तयारी गरेका छन्। नोवेल शान्ति पुरस्कारसमेत पाएका मोहम्मद युनुसलाई प्रधानमन्त्री बनाउन त्यहाँका विद्यार्थी नेताहरूले प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...