मुख्य समाचार
बंगलादेशमा अवामी लिगका नेताको होटलमा आगजनी, कम्तीमा २४ जनाको मृत्यु
बंगलादेशमा अवामी लिगका नेताको होटलमा आगजनी, कम्तीमा २४ जनाको मृत्यु

। राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ ।

बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए ।


त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको समाचारमा भनिएको छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।

होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषाको अखबार प्रथोम आलोले लेखेको छ ।



जेसोर अस्पतालका डा. प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको बताएका छन् । आरक्षणको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।

उनी राजीनामा दिएर सैनिक हेलिकप्टरमा भारततर्फ गएकी छन् । लगत्तै सत्तारुढ पार्टी अवामी लिगका नेताका घर, होटल लगायतमा भिडले आक्रमण गरेको थियो ।

प्रथोम आलो पत्रिकाका अनुसार, सतखिरामा भएको आक्रमणमा १४ जना मारिएका छन् । ज्यान गुमाउनेमा ५ जना सत्तारुढ अवामी लिग पार्टीका नेताका आफन्तहरु छन् ।

समाचारमा उल्लेख भएअनुसार हसिनाले देश छाडेको समाचार आएलगत्तै अवामी लिगका नेता जाकिर हुसेनको कल्याणपुरस्थित घरमा आक्रमण भएको थियो । त्यसक्रममा गोली समेत चलेको थियो ।

भिडले सतखिरा सदर प्रहरी चौकी, ट्राफिक प्रहरी चौकी र श्यामनगर प्रहरी चौकीमा पनि आगजनी र तोडफोड गरेका छन् । स्थानीय प्रहरी कार्यालयमा प्रहरी अधिकारीहरु नभएकाले क्षतिको यकिन विवरण बाहिर नआएको समाचारमा उल्लेख गरिएको छ ।

बंगलादेशका प्रहरी प्रमुखले मंगलबार प्रहरी कानुनको पालक मात्र भएको भन्दै समस्या नेतृत्वमा भएकाले प्रहरीमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । बंगलादेश प्रहरीका डीआईजी साहेन रानाले विद्यार्थी र आमनागरिकको हत्यामा संलग्नमाथि छानबिन हुने भन्दै संगठनप्रति आक्रमण नगर्न समेत आग्रह गरेका छन् ।

यहीबीच बंगलादेशी सेनाको उच्च तहमा रहेका अधिकारीहरुको पनि जिम्मेवारी हेरफेर भएको ढाकाको पत्रिका डेली स्टारले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम