मुख्य समाचार
बंगलादेशमा ट्राफिक व्यवस्थापनमा खटिए आन्दोलनकारी विद्यार्थी
बंगलादेशमा ट्राफिक व्यवस्थापनमा खटिए आन्दोलनकारी विद्यार्थी

। बंगलादेशका सडकमा मंगलबार आन्दोलनकारी विद्यार्थीहरु ट्राफिक व्यवस्थापन गर्दै गरेको देखिएका छन् ।

राजधानी ढाकासहित बोगुरा जिल्लामा विद्यार्थीहरुले स्वयंसेवी रुपमा ट्राफिक व्यवस्थापन गरेको बंगलादेशी अखबार डेली स्टारले लेखेको छ ।




सडकमा ट्राफिक प्रहरी नदेखिएपछि मिरपुर–२, मिरपुर १०, अग्रगाउँ, बंगला मोटर क्षेत्र लगायतमा विद्यार्थीहरुले सडक व्यवस्थापन गरेको देखिएको समाचारमा उल्लेख छ । उनीहरुले कुनै पनि सवारी साधनलाई इन्टरसेक्सनमा रोकिन वा गलत दिशातिर पार्किङ गर्न नदिएको भनिएको छ ।

मिरपुर क्षेत्रमा कम्तीमा २०० जना विद्यार्थी प्रहरी चौकी, चर्च र मन्दिरको सुरक्षाका लागि समेत खटिएका छन् । सोमबार भएको झडपपछि सयौं मानिसहरुले प्रहरी चौकी र सरकारी कार्यालयहरुमा आगजानी र तोडफोड गरेका थिए । त्यसपछि मंगलबार चौकीमा प्रहरीहरु आएका थिएनन् ।



विद्यार्थीहरुले लुटिएका कतिपय हतियार, गोली र सञ्चार सेट फिर्ता ल्याएका छन् । ती सामग्रीहरु सेनाको जिम्मा लगाइने भनिएको छ ।

आन्दोलनकारीहरुले सदर प्रहरी चौकी, सदर आउट पोष्ट, ट्राफिक प्रहरी कार्यालय लगायतमा आगजानी गरेका थिए । त्यसपछि ट्राफिक प्रहरी मंगलबार काममा गएनन् ।

एक जना विद्यार्थीले डेली स्टारलाई बताएअनुसार, भिडमा केही गलत प्रवृत्तिका व्यक्तिहरुले आगजानी गरेका थिए । त्यसपछि विद्यार्थीहरुले तत्कालका लागि ट्राफिक व्यवस्थापन गरेको उनले बताएका छन् ।

प्रहरी भन्छ – समस्या नेतृत्वमा थियो, प्रहरीमा होइन

स्वतन्त्रता आन्दोलनका सेनानीका परिवारलाई दिने भनिएको आरक्षणको विरोधमा भएको आन्दोलनका क्रममा कम्तीमा ३०० जना मारिएका छन् । सयौं घाइते भएका छन् ।

सोमबार हजारौंको संख्यामा नागरिकहरु प्रधानमन्त्रीको सरकारी निवास प्रवेश गर्न खोजेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी थिइन् र हेलिकप्टरमार्फत भारत तर्फ गएकी थिइन् ।

त्यसपछि भिडले एकातिर खुशीयाली मनाएको थियो भने प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर तोडफोड र सामानहरु समेत निकालेको थियो । लगत्तै प्रहरी कार्यालयसहित सरकारी अड्डाहरुमा समेत तोडफोड र आगजानी भएको थियो ।

३ सय जनाको मृत्युप्रति प्रहरी पनि जिम्मेवार रहेको भन्दै प्रहरी कार्यालयहरुमा तोडफोड भएको थियो । तर, बंगलादेश प्रहरीका डीआईजी साहेन रानाले विद्यार्थी र आमनागरिकको हत्यामा संलग्नमाथि छानबिन हुने भन्दै संगठनप्रति आक्रमण नगर्न आग्रह गरेका छन् ।



‘विद्यार्थी र नागरिकको जितसँगै बन्ने नयाँ सरकारले आरोपीलाई पक्राउ गर्छ र उपयुक्त कानुनी निर्णय लिन्छ भन्ने मलाई लाग्छ’, उनले भनेका छन्, ‘समस्या नेतृत्वमा थियो, प्रहरी फोर्समा होइन । कृपया, निर्दोष प्रहरीलाई आक्रमण नगरिदिनु होला ।’

यहीबीच बंगलादेश प्रहरी एशोसिएसनको नामबाट एक विज्ञप्ति जारी भएको छ, जसमा प्रहरीको हरेक सदस्य सुरक्षित नभएसम्म हड्तालको घोषणा गरिएको छ । विज्ञप्तिमा प्रहरीले आन्दोलनकारीविरुद्ध गरेको कारबाहीप्रति माफीसमेत मागिएको छ । र, प्रहरीमार्फत पनि ठूलो क्षति भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यो काम पनि विद्यार्थीको होइन, खराब प्रवत्ति भएकाहरुको हो ।’

विज्ञप्तिमा प्रहरीलाई देशको एउटा व्यवसायिक फौजको रुपमा लिन आग्रह गर्दै भनिएको छ, ‘प्रहरी जनताको दुश्मन होइन, हामी नागरिकका सेवक हौं ।’ झण्डै दुई महिनादेखि भएको आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।

उनले राजीनामासँगै देश पनि छाडेकी छन् । यस्तोमा बंगलादेशीले सेनाले अन्तरिम सरकार गठनका गर्न अग्रसरता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो। कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ। परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् ...
: गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्। धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठुलो संख्यामा मानिस सहभागी भए। प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्। इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जिओ गोरलाई भारतका लागि अमेरिकी राजदूतमा नियुक्त गरेको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले सर्जिओ गोरलाई भारतका लागि नयाँ अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत नियुक्त गर्ने बताएका हुन्। भारतमाथि अमेरिकाले लगाएको करलाई लिएर विवाद भइरहेको छ। यसै समयमा गोरलाई भारतका लागि अमेरिकी राजदूत बनाइएको छ। यससँगै भारत ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्। अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। ...
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...