मुख्य समाचार
ह्यारिसको उपराष्ट्रपति उम्मेदवार टिम वल्ज
ह्यारिसको उपराष्ट्रपति उम्मेदवार टिम वल्ज

। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेकी कमल ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेकी छन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार मिनसोटाका गर्भनर टिम वल्जलाई उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेकी हुन् । यद्यपि ह्यारिसले औपचारिक रुपमा घोषणा गरेकी छैनन् ।

६० वर्षीय वल्ज मिनसोटाका गर्भनर बन्नुअघि शिक्षक र फुटबल प्रशिक्षक थिए । नेब्रास्कामा जन्मिएका उनी १७ वर्षको उमेरमा आर्मी नेशनल गार्डमा आवद्ध भए । २४ वर्ष सेवा गरेपछि जन्मस्थान फर्किएर विद्यालय शिक्षक बने ।

२००६ मा मिनसोटाबाट कंग्रेस सदस्य चुनिए । लगातार १२ वर्ष सांसद रहेका उनले २०१९ मा गर्भनरको चुनाव जिते । तर उनको कार्यकाल कोभिड महामारी र सुरक्षाकर्मीबाट जर्ज फ्लोयडको हत्याका कारण प्रभावित भयो ।


भड्किएको हिंसा समयमै नियन्त्रणका लागि कदम नचालेको भन्दै रिपब्लिकनले उनको चर्को आलोचना गरे तर वल्ज २०२२ मा फेरि गर्भनरको चुनाव जित्न सफल भए ।

२०२४ को राष्ट्रपति चुनावमा भने उनी खासै चर्चामा आएका पात्र होइनन् । तर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र जेडी भान्सबारे गरेको टिप्पणीले उनी एकाएक चर्चामा आए ।

हालै मात्र एक कार्यक्रममा उनले ट्रम्पबारे भनेका थिए, उनी असामान्य मानिस हुन्, विचित्र !’ उनले निरन्तर यही शब्द प्रयोग गरेर रिपब्लिकनमाथि धावा बोलेपछि कमला ह्यारिसले पनि उनकै शब्द दोहोर्‍याउन थालेकी थिइन् ।

उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा ट्रम्पसँगै उनका उपराष्ट्रपतिका उम्मेदवार भान्समाथि दबाब हुने विश्लेषण गरिएको छ ।

प्रष्टवक्ता रहेका वल्जले स्वतन्त्र र परम्परागत मतदातालाई आकर्षित गर्नसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो। कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ। परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् ...
: गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्। धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठुलो संख्यामा मानिस सहभागी भए। प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्। इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जिओ गोरलाई भारतका लागि अमेरिकी राजदूतमा नियुक्त गरेको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले सर्जिओ गोरलाई भारतका लागि नयाँ अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत नियुक्त गर्ने बताएका हुन्। भारतमाथि अमेरिकाले लगाएको करलाई लिएर विवाद भइरहेको छ। यसै समयमा गोरलाई भारतका लागि अमेरिकी राजदूत बनाइएको छ। यससँगै भारत ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्। अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। ...
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...