मुख्य समाचार
अमेरिकामा बन्दुक आतंक : लुटेराबाट मारिन्छन् नेपाली
अमेरिकामा बन्दुक आतंक : लुटेराबाट मारिन्छन् नेपाली

। आइतबार अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गर्‍यो ।

टेक्सासको ग्यास स्टेशनमा कार्यरत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय विकास वली लुटेरा समूहको गोलीबाट मारिए ।




साउन १३ गते बिहान ५ बजे आएको लुटेरा समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

वली ७ महिनाअघि मात्र अवैध रुपमा अमेरिका छिरेका थिए । अमेरिका पुग्न उनले ८० लाख खर्चिएका थिए । घरबाट निस्किएको करिब दुई वर्षपछि मात्र उनी अमेरिका पुगेका थिए । दुईदिन अघि उनको अमेरिकामै अन्त्येष्टि गरिएको छ ।



अमेरिकामा लुटेरा समूहबाट नेपाली मारिएको यो घटना पहिलो होइन । २०७९ पुस २२ गते पनि तनहुँ दमौलीका ५३ वर्षीय भेषराज लामिछाने लुटेरा समूहबाटै मारिएका थिए । ८ वर्षअघि अमेरिका गएका उनले कोलोराडोमा स्टोर खोलेका थिए ।

२२ पुस राति ८ बजे स्टोरमै बसिरहेको बेला बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यसको एक वर्ष अघि पनि अमेरिकामा बन्दुकधारी समूहबाट अर्काे एक जना नेपाली मारिएका थिए । उनी थिए– धनुषाका ५४ वर्षीय लालकिशोर महासेठ ।

२०७८ कार्तिकमा मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका बेला अज्ञात व्यक्तिले उनलाई गोली हानेको थियो । उनी स्टोरका क्लर्क थिए । परिवारसहित अमेरिका बस्थे ।

२०७७ चैतमा टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखराका रमेश थापाका पनि लुटेरै समूहको गोलीबाट मारिएका थिए । लुटेराले थापालाई राति १२ः३० बजेतिर गोली चलाएका थिए । उनी ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए ।

लुटेरा समुहकै शिकार भएका अर्का नेपाली हुन्, चितवनका रेशम बजगाईं । अमेरिकाको भर्जिनियामा ग्यास स्टेसनमा काम गरिरहेका रेशमलाई २०७५ साल असारको राति करिब २ बजे लुटपाट गर्न आएको समूहले हत्या गरेको थियो । बजगाईं सेप्टेम्बर २०१७ मा मात्र अमेरिका गएका थिए । उनी श्रीमती र पाँच वर्षीय छोरीको साथमा बस्थे ।

२०६६ पुसमा अमेरिकाको बोस्टनमा फुड स्टोरमा कार्यरत ४० वर्षीय सुरेन्द्र डंगोल लुटेरै समूहबाट मारिए । काठमाडौं घर भएका डंगोललाई स्टोरमा लुटपाटपछि गोली हानिएको थियो ।

अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा हरेक वर्ष सयौं मानिस मारिंदै आएका छन् । अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि हात हतियार राख्न पाउने वैधानिक व्यवस्था छ । तर मास सुटिङ, लुटपाटपछि हत्या जस्ता ‘गन भ्वाइलेन्स’ का घटना बढ्दो छ । यस्ता घटनामा आप्रवासी नेपालीहरू पनि पर्ने गरेका छन् ।

नेपाल-अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीका अनुसार प्रायजसो नेपाली मल, स्टोर र ग्यास स्टेसनमा कार्यरत हुन्छन् । नगद कारोबार हुने स्टोर र ग्यास स्टेसनहरू लुटेर समूहको निशानामा पर्छन् । लुटपाटका बेला आत्तिएर भाग्ने र प्रतिकार गर्न खोज्दा लुटेरा समूहबाट मारिने सम्भावना बढी हुने उनी बताउँछन् । ‘यहाँ आएका धेरैजसो नेपालीले स्टोर र ग्यास स्टेसनमा काम गर्छन्’ उनले भने, ‘जसले गर्दा लुटेरा समूहको निशानामा उनीहरू बढी जोखिममा पर्छन् ।’ भण्डारीका अनुसार टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, फलोरिडा राज्यमा गर्न भ्वाइलेन्सका घटना बढी हुने गरेको छ । जहाँ नेपालीको उपस्थिति बाक्लो छ ।

राप्ती–अमेरिका समाजका अध्यक्ष सुरेश हमाल पनि अमेरिकामा बढ्दो ‘गन भ्याइलेन्स’का घटना नेपालीहरूका लागि पनि चिन्ताको विषय भएको बताउँछन् । उनी भन्छन्, ‘कारोबार हुने ठाउँमा काम गर्नेहरू बढी चनाखो हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...