मुख्य समाचार
हसिना र उनकी बहिनी रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह
हसिना र उनकी बहिनी रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

: बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन्।



एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोश जनतामाथि दमन गरी सयौंको मृत्युको उनीहरु जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए।

बङ्लादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरेका छन्। आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गर्नुपर्ने पनि उनको भनाइ छ ।



बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको थियो। विरोधले हिंसात्मक रुप लिएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य भएकी थिइन् ।

बंगलादेशमा हाल राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ । विष्फोटमा चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भएको छ । साथै पार्किङमा राखिएका गाडीहरु पनि जलेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ । विष्फोट हुँदा चौकीमा डीएसपी र्‍यांकका एक अधिकारी र ...
— बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी गरेकी छिन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी हुन् । हसिनाविरुद्धको मानवताविरोधी मुद्दामा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले सोमबार फैसला सुनाउँदै छ । भारतमा रहेकी हसिनाले आफुमाथि लागेका मुद्दामा कुनै पनि बयान दिएकी छैनन् । उनले आफ्नो उपस्थिति बिना नै भएको ...
— बेलायती सञ्चारसंस्था बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको खराब काँटछाँटका लागि माफी मागेको छ । ६ जनवरी २०२१ को उनको भाषणका टुक्राहरु जोडेर बीबीसीले पानारोमा शृंखलाको डकुमेन्ट्रीमा समावेश गरेको थियो । बीबीसीले यस कार्यक्रमलाई फेरि नदेखाउने निर्णय पनि गरेको छ । बीबीसीले गल्ती स्विकार्दै भनेको छ, ‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह ...
: पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बस दुर्घटना भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो। रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक बाँच्न सफल भएका छन्। बस क्षतिग्रस्त ...
: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्। गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने ...