: जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ।
जापानको मौसम विभागले ती स्थानहरूमा सुनामी जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
स्थानीय समयअनुसार ४:४३ मिनेटमा मियाजाकी भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प प्रभावित क्षेत्रहरूमा बुलेट ट्रेनको सेवा बन्द गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। प्रारम्भिक क्षतिको विवरण आइसकेको छैन।
जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।
३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले उक्त ...