मुख्य समाचार
राजेश हमालको कमब्याक फिल्मको शीर्षक ‘नरसिंहा अवतार’
राजेश हमालको कमब्याक फिल्मको शीर्षक ‘नरसिंहा अवतार’

। अभिनेता राजेश हमालले पुनरागमन गर्न लागेको फिल्मको नाम तय भएको छ । फिल्मको टाइटल ‘नरसिंहा अवतार’ तय गरिएको निर्देशक दिवाकर भट्टराईले जनाए ।

‘टाइटल लोगो’ सार्वजनिक गर्दै मेकरले यसबारे जानकारी गराए । यो सोसल-एक्सन ड्रामामा अभिनेता हमालको शीर्ष भूमिका हुनेछ । शनिबार हमालले फिल्मसँग औपचारिक समझदारी गरेका छन् ।


हिन्दु धर्मको अनुसार नृसिंह समेत भनिने ‘नरसिंह’ अवतार भगवान विष्णुको चौथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उद्दार गर्नका लागि विष्णु भगवानले नरसिंहावतार धारण गर्नुपरेको थियो ।

निर्देशक भट्टराईको यो धार्मिक कहावतको थिममा फिल्म निर्माण हुन लागेको बताए । यो फिल्ममा हमालबाहेक अन्य कलाकारबारे जानकारी दिइएको छैन ।



लामो अन्तरालपछि हमालले यो फिल्मबाट कमब्याक गर्दैछन् । उनको पछिल्लो छायांकन फिल्म ‘शकुन्तला’ भएपनि रिलिजको हिसाबले ‘सीता’ थियो । जसअनुसार पाँच वर्षपछि हमालको कमब्याक हुन लागेको हो ।

निर्देशक भट्टराईले नयाँ लुक्स र पात्रमा हमाललाई फर्काउने दाबी गरेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्मको बजेट तीन करोड रुपैयाँ हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ । फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो । ओपनिङ ...
। चलचित्र विकास बोर्डले मुलुकभर सञ्चालनमा रहेका फिल्म हलहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अहिले देशभर सञ्चालनमा रहेका हलको संख्या १६६ छ । बोर्डले सोमबार सातै प्रदेशमा संचालनमा रहेका हलको सूची बाहिर ल्याएको हो । केही साताअघि उपत्यका बाहिरका केही हललाई लिएर बोर्ड र चलचित्र संघ आमनेसामने भएका थिए । यो पृष्ठभूमिमा बोर्डले सञ्चालनमा ...
। नेपाली फिल्म ‘शाम्बाला’ले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ । फिल्ममार्फत संस्कृति संरक्षणमा योगदान दिएको भन्दै मीनबहादुर भाम निर्देशित फिल्मलाई सम्मान प्रदान गरिएको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ले वेबसाइटमा उल्लेख गरेको छ । यस वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको ‘शाम्बाला’ले माथिल्लो डोल्पाको संस्कृति र ...
। आउँदो बिहीबारदेखि ‘पुष्पा २’ विश्वव्यापी प्रदर्शन तयारीमा छ । भारतसहित कतिपय देशका हलले अग्रिम टिकट बिक्री थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले त्यहाँ अग्रिम टिकट बिक्रीबाट २४ घण्टामै ७.८ करोड भारु कमाएको छ । फिल्मलाई लिएर दर्शकमा जुन क्रेज देखिन्छ, त्यो अग्रिम बुकिङमा प्रष्ट देखिन्छ । हिन्दी लगायतका अन्य भाषामा पनि बुकिङ सुरु भएको ...
। लोकप्रिय भारतीय गायक सोनु निगमले नेपाली फिल्मका केही गीतमा पार्श्व गायन गरेका छन् । २०५३ सालको हिट फिल्म ‘सिमाना’मा समावेश चर्चित गीत ‘उकाली ओराली गर्दै’ उनले नै गाएका हुन् । सोनु निगम क्रिसमसको अवसरमा पुस १० गते काठमाडौंमा गुञ्जिंदैछन् । हायात होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा नेपाली प्रशंसकले उनलाई सुन्न पाउनेछन् ...