मुख्य समाचार
आमाको ज्यान बचाएकोमा हसिनाका छोराले दिए मोदीलाई धन्यवाद
आमाको ज्यान बचाएकोमा हसिनाका छोराले दिए मोदीलाई धन्यवाद

: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् ।

शेख हसिनाका छोरा सजीबले टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा भने, 'आमाको कुनै पनि देशमा शरण लिने मनसाय छैन। आमा केही समयदेखि भारतमा हुनुहुन्छ । त्यसपछि बंगलादेश नै फर्कनुहुन्छ।'

साजिबले अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै उनकी आमा शेख हसिना बंगलादेश फर्किने बताएका छन् ।

उनले भने, 'म प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन चाहन्छु। यति छोटो समयमा उनले मेरी आमाको ज्यान बचाए।'

टाइम्स अफ इन्डियासँग कुरा गर्दै सजीबले भने, 'म मेरो पार्टी र कार्यकर्ताहरूलाई बचाउन जे पनि गर्नेछु। यसका लागि राजनीतिमा आउनु परे पनि म पछि हट्ने छैन । मलाई विश्वास छ कि अवामी लिगले चुनावमा भाग लिनेछ र हामीले जित्ने पनि सम्भावना छ । हामीसँग बंगलादेशका जनताको उच्चतम समर्थन छ।' बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अफगानिस्तानसँगको द्वन्द्व पछि करिब २० दिन बन्द भएपछि पाकिस्तानले तोरखम सीमा नाका पुनः खोलेको छ। यसले गर्दा पाकिस्तानमा फसेका अफगानी शरणार्थीलाई सीमा पार गर्न अनुमति दिइएको छ। अधिकारीहरूका अनुसार द्वन्द्वका कारण सीमा बन्द भएपछि अलपत्र परेकालाई मात्र सीमा पार गर्न अनुमति दिइनेछ। यी शरणार्थी जमरुर र अजखेल क्षेत्रमा थिए। स्थानीय बासिन्दा र सामाजिक कार्यकर्ताले उनीहरूलाई ...
: कामको सिलसिलामा भेटेका दुई युवालाई यौन दुर्व्यवहार गरेको अपराधमा अस्ट्रेलियाका पूर्वराजनीतिज्ञ ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ। २०१३ र २०१५ मा भएका छुट्टाछुट्टै घटनाहरूमा एक युवकलाई बलात्कार गरेको र अर्कामाथि अश्लील कार्य गरेको आरोपमा निर्णायक मण्डलले दोषी ठहर गरेपछि ४४ वर्षीय वार्ड जुलाईदेखि प्रहरी हिरासतमा छन्। सजाय सुनाउँदै न्यायाधीशले ...
युक्रेनका राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमाथि भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको बताएका छन्। आक्रमणमा परी कैयौं घाइते भएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, ‘यो स्पष्ट रूपमा आतंक हो। सामान्य मानिसले यसरी युद्ध गर्दैनन्। विश्वले यस रूसी आक्रमणको उचित जवाफ दिनुपर्छ।’ केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ...
तान्जानियाको प्रमुख विपक्षी दलले बुधबारको आम चुनावपछि देशभर भएको तीन दिनको विरोध प्रदर्शनमा सयौं मानिसको मृत्यु भएको बताएको छ। मृत्युको संख्याका बारेमा फरक-फरक दाबीहरू आइरहेको बीबीसीले उल्लेख छ। बीबीसीका अनुसार देशव्यापी इन्टरनेट बन्द हुँदा यी तथ्यांकहरू प्रमाणित गर्न गाह्रो भएको छ। विपक्षी दलका प्रवक्ता चाडेमाले एएफपीलाई बताएअनुसार सुरक्षा बलसँगको झडपमा करिब ७०० जनाको मृत्यु भएको छ। तान्जानियाको ...
— फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । गत १९ अक्टोबरमा नेपोलियनकालीन गहना चोरी भएको घटनामा बिहीबार थप पाँच जना पक्राउ परेका हुन् । यसअघि गत आइतबार दुई जना पक्राउ परेका थिए । अन्तर्राष्ट्रिय सञ्चार एजेन्सी रोयटर्सका अनुसार बिहीबार थप पाँच जना पक्राउ परेसँगै यस घटनामा हालसम्म सात ...