मुख्य समाचार
सुत्केरी व्यथाले सिकिस्त गर्भवतीको तीनदिनपछि उद्दार
सुत्केरी व्यथाले सिकिस्त गर्भवतीको तीनदिनपछि उद्दार

गोरखा : सुत्केरी व्यथाले तीनदेखि थलिएकी उत्तरी गोरखाकी सुनमाया गुरुङको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबारदेखि सुत्केरी व्यथाले सिकिस्त भएकी चुमनुब्री- ३ सल्लेरीकी करिब ४० वर्षीया गुरुङको शुक्रबार बिहान आठबजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो।

‘अस्तिदेखि सुत्केरी व्यथा लागेको रहेछ । हिजो आफन्तजनले उहाँलाई फिलिम स्वास्थ्यचौकी ल्याउनुभयो,'गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङ भन्छिन्,‘बच्चाले पेटभित्रै दिसा खाइसकेको रहेछ । अवस्था जटिल हुँदै गएपछि हिजोदेखि हेलिकोप्टर मगायौँ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर आउन सकेन । आज बिहान आठबजेतिर हेलिकोप्टर आयो र काठमाडौँ लगेको छ ।’

थापाथली प्रसूतिगृहमा शल्यक्रियाका लागि लगिएको उनले बताइन् । ‘दुर्गमका बासिन्दा,सडक राम्रो भएको भए र गाडी चलेको भए अस्ति नै अस्पताल पुगेर सुरक्षित सुत्केरी भइसकेको हुन्थ्यो’,उपाध्यक्ष गुरुङ भन्छिन्, ‘तर न गाडी चल्छ,न भनेको बेला हेलिकोप्टर आउन सक्छ । त्यसैले समयमै उपचार नपाएर धेरै ठूलो समस्या भोग्नु पर्ने बाध्यता छ ।’

सुनमायालाई राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...