मुख्य समाचार
सुत्केरी व्यथाले सिकिस्त गर्भवतीको तीनदिनपछि उद्दार
सुत्केरी व्यथाले सिकिस्त गर्भवतीको तीनदिनपछि उद्दार

गोरखा : सुत्केरी व्यथाले तीनदेखि थलिएकी उत्तरी गोरखाकी सुनमाया गुरुङको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबारदेखि सुत्केरी व्यथाले सिकिस्त भएकी चुमनुब्री- ३ सल्लेरीकी करिब ४० वर्षीया गुरुङको शुक्रबार बिहान आठबजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो।

‘अस्तिदेखि सुत्केरी व्यथा लागेको रहेछ । हिजो आफन्तजनले उहाँलाई फिलिम स्वास्थ्यचौकी ल्याउनुभयो,'गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङ भन्छिन्,‘बच्चाले पेटभित्रै दिसा खाइसकेको रहेछ । अवस्था जटिल हुँदै गएपछि हिजोदेखि हेलिकोप्टर मगायौँ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर आउन सकेन । आज बिहान आठबजेतिर हेलिकोप्टर आयो र काठमाडौँ लगेको छ ।’

थापाथली प्रसूतिगृहमा शल्यक्रियाका लागि लगिएको उनले बताइन् । ‘दुर्गमका बासिन्दा,सडक राम्रो भएको भए र गाडी चलेको भए अस्ति नै अस्पताल पुगेर सुरक्षित सुत्केरी भइसकेको हुन्थ्यो’,उपाध्यक्ष गुरुङ भन्छिन्, ‘तर न गाडी चल्छ,न भनेको बेला हेलिकोप्टर आउन सक्छ । त्यसैले समयमै उपचार नपाएर धेरै ठूलो समस्या भोग्नु पर्ने बाध्यता छ ।’

सुनमायालाई राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् । बुधबार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका बिरामीहरूलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई जसरी भएपनि निरन्तरता दिनुपर्ने बताएकी छन् । स्वास्थ्य बिमा बोर्डसँगको छलफलमा उनले निमुखा नागरिकको स्वास्थ्य उपचार गर्ने दायित्व सरकारको भएको जनाइन् । बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले बोर्डले १६ लाख नागरिकको निःशुल्क बिमा गरेर स्वास्थ्य उपचारको सेवा दिँदै‍ आएको तथ्यांक सुनाएका थिए । विपन्न नागरिक, अपांगता भएका, ज्येष्ठ नागरिकको निःशुल्क ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन सक्ने चेतावनी दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा स्वास्थ्य बिमा बोर्डले गरेको कार्यक्रममा उनले शून्य बजेटमा कार्यक्रम सञ्चालन गर्न नसकिने बताइन् । बोर्डले प्रधानमन्त्री सुशीला कार्की, अर्थ सचिव घनश्याम उपाध्यायसहित सरोकारवालासँग छलफल गरेको थियो । यस वर्ष सरकारले दिएको ११ अर्ब गत वर्षको ...
— राष्ट्रिय ट्रमा सेन्टरको ४५१ नम्बर वार्ड । सामान प्याक गरिरहेकी नन्दा बोहराको आँखामा खुसीका आँसु भरिएका थिए । बेडमा पल्टिरहेका छोरा प्रकाश सिरानीछेउ भएका पुस्तक साथीहरूलाई झोलामा हाल्न इंगित गरिरहेका थिए । नन्दाले छोरालाई हेर्दै भनिन्, ‘म अस्पताल आएकै दिन लागेको थियो, अब पाँच/छ महिना त यहीँ बित्छ भनेर ।’ जेन–जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका प्रकाश ...
। छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका ...