: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति,विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न पेरिसडाँडामा बस्ने भएको हो।
बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुनेछ।
आजै बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्दैछ। उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने पार्टीले जनाएको छ ।