मुख्य समाचार
के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’को कन्सर्ट फिल्म नेपालमा रिलिज हुँदै
के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’को कन्सर्ट फिल्म नेपालमा रिलिज हुँदै

। के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’का नेपाली फ्यानलाई खुसीको खबर छ । ब्याण्ड स्थापनाको आठौं वर्षगाँठको सन्दर्भमा ब्याण्डको कन्सर्ट फिल्म ‘ब्ल्याकपिंक्स वर्ल्ड टुर : बर्न पिंक’ आगामी शुक्रबार (३२ साउन)मा नेपालमा रिलिज हुने भएको छ ।

फिल्मको नेपाल वितरण कम्पनी बटरफ्लाई फिल्म्सले विज्ञप्ति जारी गर्दै नेपालका सीमित हलमा यसलाई रिलिज गरिने जनाएको छ । बिजुली झैं तीव्र गतिको डान्स र ट्रयाकबाट फ्यानको मन जित्दै आएको ब्याण्डको यो फिल्मले नेपाली प्रशंसकको मन जित्न सक्ने अपेक्षा वितरकको छ ।

९३ मिनेट रनटाइमको यो फिल्मलाई मिन गेउन र ओह यून-डोंगले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा ब्याण्डका सदस्यहरु किम जिसु, जेनी किम, ललिसा मनोबन, रोजेन पार्कलाई चित्रण गरिएको छ ।

सन् २०२२ मा रिलिज भएको दोस्रो एल्बम ‘बर्न पिंक’को सांगीतिक टुर ‘द बर्न पिंक वर्ल्ड टुर’मा यो फिल्म आधारित छ । त्यतिबेला अस्ट्रेलिया, एसिया, युरोप र उत्तर अमेरिका लगायतका २२ मुलुकमा ६६ कन्सर्ट आयोजना गरिएका थिए । सन् २०२३ को बिलबोर्डअनुसार उक्त कन्सर्टले १४८.३ मिलियन डलरको कमाइ गरेको थियो ।



कुनै महिला ब्याण्डले आयोजना गरेको कुनै कन्सर्टले कमाएको सर्वाधिक आम्दानी त्यो थियो । उक्त टुरमा १.८ मिलियन मानिसको सहभागिता रहेको अनुमान छ ।

बरटफ्लाइ फिल्म्सकी जेनिश पहारीका अनुसार पछिल्लोपटक नेपालमा के-पप ब्याण्डका फिल्म्स धमाधम रिलिज हुन थालेका छन् । कम्पनीले यसअघि ‘बीटीएस’, ‘सुगा : रोड टु डी–डे’, ‘जे होप इन द बक्स’लाई नेपालमा रिलिज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...