कुलमानले सुनाए प्राधिकरणको उपलब्धि : खुद नाफा साढे १३ अर्ब
कुलमानले सुनाए प्राधिकरणको उपलब्धि : खुद नाफा साढे १३ अर्ब

। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन्

शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो । यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।

अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको उनले जानकारी दिए ।

सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको समेत कुलमानले बताए ।

लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको समेत उनको भनाइ छ ।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको उनले बताए ।

नेपाल सरकारले २५ साउन २०७८ का दिन कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको हो । यसबीचमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आव २०७८/७९ मा ९४.२३ प्रतिशत र त्यसपछिको आवमा ९८.९४ प्रतिशत अंक प्राप्त भएको समेत उनले जानकारी दिए ।

८ वर्ष अगाडि २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी दिए ।

८ वर्ष अगाडि २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेको हो । सो बेला ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड युनिट पुगेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको बताएका हुन् । आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी ...
। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका ...
। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा कार्यदल गठन गरेको थियो । कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत र एमालेबाट उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदलले ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए । ‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने ...
। संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो । ‘कागजात मगाउन निर्देशन दिएका छौं, आएपछि अनुमोदन हुन्छ’ निर्णय सुनाउँदै सभापति न्यौपानेले बताइन् ...