मुख्य समाचार
बंगलादेशको अन्तरिम सरकारमा अर्थशास्त्रीको वर्चस्व
बंगलादेशको अन्तरिम सरकारमा अर्थशास्त्रीको वर्चस्व

बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका प्रा. मोहम्मद युनुसले शपथ लिए । आफ्नो शपथसँगै युनुसले विभिन्न क्षेत्रका विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गरेका छन् । त्यसका साथै मन्त्रिपरिषदमा केही सल्लाहकार पनि राखिएको छ ।

प्रा. मोहम्मद युनुस




नोवेल शान्ति पुरस्कार विजेता युनुस आन्तरिक सरकारको नेतृत्वमा छन् । प्रा. युनुसले ग्रामीण बैंकको स्थापना गरेका थिए । उनलाई बंगलादेशमा ‘गरिबका बैंकर’ भनेर चिनिन्छ ।

युनुसले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले चित्तागोङ विश्वविद्यालयको अर्थशास्त्र विभागको नेतृत्वसमेत गरेका छन् । युनुसले संयुक्त राष्ट्रसंघको विभिन्न निकायमा रहेर दिगो विकास र महिलाहरूको उत्थानमा काम गरिसकेका छन् ।



डा. सलिउद्दिन अहमद, अर्थ तथा योजनामन्त्री

अहमद बंगलादेश बैंकका पूर्व गभर्नर हुन् । उनी अहिले ब्राक बिजनेश स्कुलको प्राध्यापक छन् । उनले क्यानडाको एमसी मास्टर्स विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । शिक्षण पेसाबाट आफ्नो करियर सुरु गरेका अहमदले बंगलादेश सरकारको विभिन्न निकायमा रहेर काम गरिसकेका छन् । उनी सन् २००५ देखि २००९ सम्म बंगलादेश बैंकमा गभर्नर भएका थिए ।

डा. आसिम नाजरुल, कानुनमन्त्री

नाजरुल ढाका विश्वविद्यालयको कानुन विभागमा फ्याकल्टीको रूपमा कार्यरत छन् । उनले सन् १९९९ मा अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधि गरेका थिए । उनले छोटो समय सरकारी अधिकारीको रूपमा काम गरेका थिए ।

उनी बंगलादेशका चर्चित स्तम्भकार तथा मानव अधिकारको पक्षमा बोल्ने वक्ता हुन् । उनी सन् २०११ देखि १७ सम्म दक्षिण एसियाली मानव अधिकार संगठनमा सदस्य थिए । उनले युरोपियन युनियन, यूनडीपी, एडीबी, कियरजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि काम गरेका छन् ।

अदिलुर रहमान खान, उद्योगमन्त्री

रहमान बंगलादेशको सर्वोच्च अदालतमा वकिल हुन् । उनी मानव अधिकार अभियन्ताको रूपमा चिनिन्छन् । उनी ओदिकर नाम संस्थाको सचिव छन् । जसले बंगलादेशमा मानव अधिकारको पक्षमा वकालत गर्छ ।

उनले ढाका विश्वविद्यालयबाट कानुन विषय अध्ययन गरेका छन् । बीएनपीले नेतृत्व गरेको तत्कालीन सरकारको बेला उनी सहमहान्यायाधिवक्ता बनेका थिए ।

हसान आरिफ, स्थानीय, ग्रामीण विकास तथा सहकारीमन्त्री

सन् १९७० देखि वकालत पेसामा रहेका आरिफ बंगलादेशको वरिष्ठ कानुनविद् हुन् । सन् २००१ देखि २००५ सम्म चार पार्टीको संयुक्त सरकार हुँदा उनी महान्यायाधिवक्ता थिए ।

उनले आफ्नो करियर भारतको कलकत्ता उच्च अदालतबाट सुरु गरेका थिए । १९७० मा उनी कानुन व्यवसायीको रूपमा बंगलादेश गएका हुन् । उनी बंगलादेशको राजमार्ग विभागको सल्लाहकार भएर पनि काम गरेका छन् ।

साइदा रिजवान हसन, वातावरणमन्त्री

हसन सर्वोच्च अदालतको वकिल र बंगलादेश वातावरण कानुन व्यावसायी संगठनको प्रमुख कार्यकारी हुन् । उनी वातावरण अभियन्ताको रूपमा चिनिन्छिन् । वातावरणको वकालत गरेवापत उनी रामोन म्यागासेस पुरस्कार पुरस्कृत भएकी छन् ।

विश्वविख्यात टाइम म्याग्जिनले उनलाई विश्वका ४० वातावरणीय हिरोमा समेटेको थियो । उनीसँग विभिन्न गैरसरकारी संस्थासँग काम गरेको पनि अनुभव छ । उनले ढाका विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेकी छन् ।

सरमिन मुर्सिद, सामाजिक विकासमन्त्री

उनी निर्वाचन विज्ञको रूपमा चिनिन्छिन् । मुर्सिद निर्वाचन परिवेक्षण गर्ने संस्था ‘ब्रोटी’ को प्रमुख कार्यकारी अधिकृत हुन् । उनी ‘उटारसूर्य’ नामक सांस्कृति संस्थामा महासचिव पनि छिन् । उनले खुला प्रजातन्त्र, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पक्षमा वकालत गर्दै आएकी थिइन् ।

सक्वात हुसैन, गृहमन्त्री

उनी पूर्वनिर्वाचन आयुक्त र अवकाशप्राप्त बंगलादेश सेनाका बिग्रेडियर जनरल हुन् । हुसैन सन् २००७ देखि २०१२ सम्म निर्वाचन आयुक्त थिए । उनी नेसनल डिफेन्स कलेज पाकिस्तानका आल्मुनी हुन् । उनले स्ट्राटेजेक स्टडिजमा स्नातकोत्तर गरेका छन् ।

पाकिस्तानबाट बंगलादेश स्वतन्त्र राष्ट्र बनेपछि सन् १९७२ मा उनी बंगलादेश सेनामा प्रवेश गरेका थिए । उनी बंगलादेशको सरकारी लगानी भएको सोनाली बैंकको बोर्ड पदाधिकारी समेत हुन् । हुसैनका २६ किताब प्रकाशित छन् ।

खालिद हुसैन, धार्मिक मामिलामन्त्री

चित्तागोङ विश्वविद्यालयबाट संस्कृति तथा इतिहासमा विद्यावारिधि गरेका हुसैन सोही विश्वविद्यालयमा प्राध्यापक छन् । हुसैन इस्लामिक इतिहास र संस्कृति विभागका प्रमुखसमेत हुन् ।

सत्कैना अलया मदरासको पूर्व प्रधानाध्यापक हुसैन इस्लिामिक शब्दकोश र इस्लामिक फाउन्डेसनको बोर्डमा पनि छन् । हुसैन इस्लामिक आन्दोलन बंगलादेशका सल्लाहकार हुन् । उनका सात पुस्तक प्रकाशित छन् ।

फरिदा अख्तर, मत्स्य तथा पशुपन्छी विकासमन्त्री

अख्तर पर्यावरणीय कृषि अनुसन्धानकर्ताका रुपमा चिनिन्छिन् । महिला अधिकारको आवाजसमेत उठाउँदै आएकी अख्तर बंगलादेशको नीति अनुसन्धान तथा विकास संयन्त्रको कार्यकारी निर्देशक हुन् । यो संस्थाले सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक परिवर्तनका लागि काम गर्दै आएको छ ।

उनी महिलाहरूको किताब प्रकाशन र बिक्री गर्ने नारीग्रन्थ प्रवर्द्धनकी अध्यक्ष पनि हुन् । उनले अर्थशास्त्रमा स्नातक गरेकी छन् । अख्तरले महिला अधिकारको पक्षमा थुप्रै पुस्तक प्रकाशित गरेकी छन् ।

नुरजहाँ बेगम, स्वास्थ्यमन्त्री

बेगम सरकारको नेतृत्वकर्ता माे‍हम्मद युनुससँग वर्षौअघि काम गरेकी व्यक्ति हुन् । सन् १९७६ मा खुलेको ग्रामीण बैंकमा युनुससँगै बेगमले सहकार्य गरेकी थिइन् । बेगमले बैंकको माध्यमबाट ग्रामीण महिलाहरू उत्थानमा दर्जनौं काम गरेकी छन् । ग्रामीण बैंकमा उनी कार्यक्रम अधिकृत थिइन् । उनी अहिले कार्यकारी प्रबन्ध निर्देशकको रुपमा ग्रामीण शिखामा कार्यरत छन् ।

ग्रामीण विकास र महिलाको उत्थानमा काम गरेवापत सन् २००८ मा उनलाई ग्रामीण फाउन्डेसनले सुसन एम डेभिस लाइफटाइम अवार्डबाट सम्मान गरेका थियो । बेगमले सन् २००९ मा वर्ल्ड समिट मिलिनियम विकास र भिजन अवार्ड प्राप्त गरेकी थिइन् ।

नहिद इस्लाम, सञ्चारमन्त्री

इस्लाम बंगलादेशमा चलेको आरक्षण विरुद्धको आन्दोनका एकजना मुख्य नेतृत्वकर्ता हुन् । ढाका विश्वविद्यालयमा समाजशास्त्रमा स्नातकोत्तर पढ्दै गरेका इस्लामले एक महिनाभन्दा लामो आन्दोलनको नेतृत्व गरेका थिए । सन् २०१८ मा पनि उनी आरक्षण विरुद्धको आन्दोनमा सहभागी थिए । त्यतिबेला उनलाई विश्वविद्यालय र शिक्षकहरूले नै धम्की दिएका थिए ।

आसिफ मोहम्मद, युवा तथा खेलकुदमन्त्री

माेहम्मद पनि आन्दोलनको नेतृत्वकर्तामध्ये एक हुन् । ढाका विश्वविद्यालयको भाषा विभागमा स्नातकोत्तर गरिरहेका उनी भेदभावविरुद्धको आन्दोलनमा पनि सहभागिता जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...