मुख्य समाचार
छोरीले सुन्दरी प्रतियोगिता नजितेपछि बाबुले हाने निर्णायकलाई गोली
छोरीले सुन्दरी प्रतियोगिता नजितेपछि बाबुले हाने निर्णायकलाई गोली

आम रुपमा मानिसहरु आफ्ना सन्तानप्रति धेरै नै चासो राख्दछन् र आफ्ना बच्चाले हरेक क्षेत्रमा प्रगति गरोस् अनि सबैभन्दा अघि बढोस् भन्ने चाहन्छन्

पढाइ लेखाइ होस् वा खेलकुद, अनि अन्य कामकुरामै किन नहोस्, अभिभावकहरु आफ्नो सन्तानको प्रगतिका भोका हुन्छन् । सन्तानमाथि अभिभावकले अत्यधिक अपेक्षाको भारी बोकाउनु चाहिँ कहिलेकाहीँ प्रत्युत्पादक बन्न सक्दछ । हालै ब्राजिलमा एउटा यस्तै घटना भएको छ ।


गत जुलाई २८ मा उक्त घटना भएको हो । ब्राजिलको अल्टामिरामा एक सौन्दर्य प्रतियोगिताको आयोजना गरियो । उक्त प्रतियोगितामा विजेता युवतीहरुले पुरस्कार पनि पाए । तर प्रतियोगितामा चौथो स्थान प्राप्त गरेकी प्रतिस्पर्धी युवतीका बुवालाई भने नतिजा चित्त बुझेन ।

त्यसपछि उनले सौन्दर्य प्रतियोगिताका निर्णायकहरु तथा उनकीहरुले तय गरेको छनोटको मापदण्डमाथि प्रश्न उठाए । त्यसक्रममा विवाद चर्कियो । निजी सुरक्षा गार्ड तथा सैनिक पुलिस समेत खटिएको उक्त कार्यक्रममा प्रतिस्पर्धी युवतीका ती पिताले एकजना निर्णायक माथि गोली प्रहार गरे ।



निर्णायकमाथि गोली हान्ने ती व्यक्तिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरुले तत्कालै उनीमाथि जवाफी फायर गरे । सख्त घाइते भएका उनलाई तत्कालै अस्पताल लगियो । तर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो ।

छोरीले सौन्दर्य प्रतियोगिता नजितेको झोँकमा निर्णायक मण्डलमाथि नै गोली प्रहार गर्ने कार्यका कारण आफ्नै ज्यान गुमाउन पुगेका ती व्यक्तिको नाम सेबास्टिआओ फ्रान्सिस्को रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम