। पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अमेरिकाले १२ वर्षपछि महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।
यसअघि अमेरिकाले सन् २०१२ को लण्डन ओलम्पिकम स्वर्ण जितेको थियो । यस्तै समग्रमा अमेरिकाको यो पाँचौ स्वर्ण हो ।
अमेरिकाले यसअघि यसअघि सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको थियो ।
पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा अमेरिकाका लागि मेलोरी स्वानसले ५७औं मिनेटमा निर्णायक गोल गरिन् ।
विश्व विजेता स्पेनलाई हराउँदै जर्मनीले कांस्य जितिसकेको छ ।