मुख्य समाचार
‘अवतार ३’ को पोस्टर र रिलिज मिति घोषणा, शीर्षक राखियो- ‘फायर एण्ड एस’
‘अवतार ३’ को पोस्टर र रिलिज मिति घोषणा, शीर्षक राखियो- ‘फायर एण्ड एस’

। बहुप्रतीक्षित हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार ३’ को औपचारिक शीर्षक र प्रदर्शन मिति सार्वजनिक भएको छ । लस एन्जलसमा आयोजित समारोहमा निर्देशक जेम्स क्यामरुन, कलाकारद्वय जोय साल्दाना र साम वर्थिङ्टनले टाइटल लोगो सार्वजनिक गरेको छ ।

जसअनुसार तेस्रो श्रृंखलाको नाम ‘अवतार : फायर एण्ड एस’ राखिएको छ । यो फिल्म सन् २०२५ को क्रिसमस सप्ताहन्त अर्थात् १९ डिसेम्बरमा विश्वव्यापी रिलिज हुनेछ ।

निर्देशक क्यामरुनले फिल्मको फुटेज त प्रस्तुत गरेनन् तर उनले कन्सेप्ट आर्ट भने देखाए, जसमा नेतिरी (साल्दाना) ठूला जहाज जस्तै देखिने बान्सीमा सयर गरेको देखिन्छ । साथै, सांसरिक मास्क लगाएका भूत जस्तै देखिने नाभीका सदस्य आगोको वरिपरि नाचेको पनि देखिन्छ ।

‘तपाईंले यसअघि कहिल्यै नदेखेको पाण्डोरामा यसमा देख्नुहुन्छ,’ क्यामरुनले भने, ‘यो कुरा आँखाका लागि साहसिक ट्रिटमेन्ट हो । अघिल्लाभन्दा धेरै भावनात्मक पक्ष यसमा मिसिएको छ । तपाईंले चिन्नुहुने र माया गर्ने पात्रको जटिल क्षेत्रमा हामी जाँदैछौं ।’

निर्देशक क्यामरुनले सन् २०२२ मा ‘अवतार : द वे अफ वाटर’सँगै यो फिल्मको छायांकन गरेका थिए । दोस्रो फिल्मले एलियन बसोबास गर्ने ग्रह पाण्डोरामा त्यहाँका आदिवासी र पृथ्वीबाट गएका मानिसबीच प्राकृतिक स्रोत साधनको व्यवस्थापन र लुछाचुँडीको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...