मुख्य समाचार
टेलर स्वीफ्टलाई उछिन्दै अरिजित सिंह बने स्पोटीफाइमा धेरै पछ्याइने संगीतकर्मी
टेलर स्वीफ्टलाई उछिन्दै अरिजित सिंह बने स्पोटीफाइमा धेरै पछ्याइने संगीतकर्मी

। केही समययता भारतीय गायक अरिजित सिंह र अमेरिकी गायिका टेलर स्वीफ्टबीच विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म स्पोटीफाइमा ‘धेरै पछ्याइने संगीतकर्मी’को उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको छ ।

यतिबेला यो प्रतिस्पर्धामा अरिजित स्वीफ्टलाई उछिन्दै ‘स्पोटीफाइ’मा विश्वमा सबैभन्दा धेरै पछ्याइने संगीतकर्मी बनेका छन् । सिंहलाई ११७.२ मिलियनले पछ्याएका छन् ।




सिंहलाई स्वीफ्टले भन्दा २१ हजार बढीले पछ्याएका छन् । तर मासिक श्रोताको गणनामा भने सिंहभन्दा स्वीफ्ट धेरै अगाडि छिन् । गायिका स्विफ्ट ११७.१८ मिलियन फलोअर्ससहित दोस्रो स्थानमा छिन् ।

११५.०१ मिलियन फलोअर्ससहित बेलायती गायक एड सीरन तेस्रो स्थानमा छन् । ९८ मिलियन फलोअर्ससहित एरियाना ग्राण्डे र ९६ मिलियन फलोअर्ससहित बिली एलिस क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।



अगस्ट २०२३ मा अरिजित सिंहले स्वीफ्टलाई उछिनेर छोटो समयका लागि जित हासिल गरेका थिए । तर स्वीफ्ट पुनः अगाडि आइन् । स्पोटीफाइमा १०० मिलियन पार गर्ने पहिलो भारतीय कलाकार बनेपछि अरिजित हेडलाइन बन्दै आएका छन् ।

अरिजित बाहेक एआर रहमान ४९ मिलियन फलोअर्सका साथ शीर्ष २० मा अटाउने अर्का भारतीय कलाकार हुन् ।

स्वीफ्टले यस वर्ष ‘द टचर्ड पोएट्स डिपार्टमेन्ट’ एल्बम रिलिज गरेकी थिइन् । अरिजितले ‘लापता लेडीज’बाट सजिनी, ‘चन्दु च्याम्पियन’बाट सत्यानास र तू है च्याम्पियन र मुन्ज्याबाट थैनु खबर नही जस्ता फिल्मका गीतसँगै एकपछि अर्को सफलता प्राप्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...