मुख्य समाचार
मनोविज्ञान : ‘गुगल डाक्टर’ले निको बनाउने होइन, बिरामी बनाउन सक्छ
मनोविज्ञान : ‘गुगल डाक्टर’ले निको बनाउने होइन, बिरामी बनाउन सक्छ

मेरो घाउ निको भएन के गर्ने ? मेरो पेट असाध्यै दुख्यो के गर्ने ? मलाई राति निद्रा पर्दैन के गर्ने ?

अहिले हामीसँग सजिलो उपाय छ गुगल । गुगल सर्च इन्जिनमा गएर आफ्नो समस्या खोजेपछि भटाभट त्यसको जवाफ आउन थाल्छ । प्रविधिको उपलब्धताले गर्दा यी कुराहरु सहज र सम्भव भएका छन् । आफूलाई जरुरी जानकारी प्राप्त गर्न गुगल एक सहयोगी हुनसक्छ ।


तर यो पूर्णतया भरपर्दो भने नहुन सक्छ । जबकि मान्छेहरु गुगलमा देखिने नतिजा हेरेर आफ्नो समस्याबारे आकलन गर्छन् । त्यति मात्र होइन, आफूखुसी औषधि खान थाल्छन् । यस किसिमको प्रवृत्ति अहिले व्यापक छ । गुगलमा आउने यस किसिमको सामग्रीलाई चाहिं चलनचल्तीमा ‘गुगल डाक्टर’ भन्न थालिएको छ ।

हामीले प्रयोग गर्ने मोबाइल तथा इन्टरनेटबाट हरेक कुराको जानकारी उपलब्ध त हुन्छ । तर ती जवाफ तथा जानकारी सही वा गलत हुन् भन्ने कुराको निर्णय भने मानिसले आफ्नो विवेकले नै छुट्यानुपर्छ ।



‘रोगको डर’ भन्ने रोग सामान्य बन्दै गएको छ

हिजोआज मानिसहरूले मोबाइल फोन मार्फत गुगलमा आफ्नो लक्षण र रोगबारे धेरै प्रश्न सोध्छन् र लेख, अडियो, भिडियोको रुपमा ती प्रश्नहरूको जवाफ पनि पाउँछन् ।

टाउको दुख्नुको कारण के हो भनेर गुगललाई सोध्दा यसले जवाफमा धेरै कारण दिन्छ । एउटा कारण ब्रेन ट्युमर वा माइग्रेन हो भनेर जवाफ भेटिन्छ । त्यसपछि मस्तिष्कले खतराका लक्षणतिर बढी प्राथमिकता दिन्छ र त्यसलाई तत्काल स्मरणमा राख्छ । टाउको दुख्नुमा यी दुई मुख्य कारक पनि हुनसक्ने थाहा पाएपछि अन्य कारणले टाउको दुखेपनि डर लाग्न थाल्छ । निद्रा लाग्दैन, बेचैनी सुरु हुन्छ । रक्तचाप बढ्न थाल्छ र व्यक्ति नयाँ रोग ‘रोगको डर’ बाट ग्रस्त हुन थाल्छ ।

यसरी स्वस्थ मानिस पनि बिरामी हुन्छ

सामान्य मानिसहरूलाई स्वास्थ्यको बारेमा धेरै ज्ञान हुँदैन, उनीहरूलाई थाहा हुँदैन कि कुन जानकारी लिने र कुन कुरालाई बेवास्ता गर्ने । त्यसैले स्क्रिनमा देखाइएका भिडियो र लेखहरूलाई पूर्ण रूपमा सत्यको रूपमा स्वीकार गर्छन् र त्यसपछि आफूलाई रोगी सम्झन थाल्छन् । यस्तो समस्यालाई साइबरकन्ड्रिया वा कम्प्युकन्ड्रिया भनिन्छ । यसको मतलब यी सबै जानकारीबाट डराएर व्यक्तिले आफूलाई ठूलो रोगको बिरामी घोषणा गर्छ ।

यसरी बुझौं, कुनै प्रतिष्ठित डाक्टरले गलत डायग्नोसिस गरेर कोही व्यक्तिलाई कुनै रोगको बिरामी घोषित गरे भने अब त्यो रोग नभए पनि लक्षण देखिन थाल्छ । उदाहरणका लागि यदि एक प्रसिद्ध डाक्टरले पेटमा अल्सर भएको बताए भने अल्सरको लक्षण अनुभव हुन थाल्छ । डाक्टर जति भरपर्दो हुन्छन्, लक्षणहरू त्यति नै सही लाग्छन् ।

यदि कसैले मोबाइलमा देखाइएका वा लेखिएका सबै कुरालाई सत्य मान्यो र दिएको ज्ञानलाई पूर्ण सत्य मान्यो भने त्यो रोगको लक्षण उसमा पनि देखिन थाल्छ ।

कम्प्युटर र मोबाइलबाट मात्रै रोगको डर लाग्दैन । यो आपसी कुराकानीबाट पनि मानिसहरूमा फैलिन्छ । उदाहरणका लागि एउटा साथीले मलाई छातीमा दुख्छ यो हृदयाघातको लक्षण जस्तो लाग्छ भन्यो भने अर्को साथीलाई पनि ग्यास्ट्राइटिसको दुखाइ छ भने उसले त्यसलाई हृदयघातको दुखाइ हो भन्ने मान्छ । त्यसपछि भविष्यको चिन्ता र आफ्नो परिवारको बारेमा सोचेर आफैंमा डर पैदा गर्छ ।

रोगको डरले सताएको बिरामीलाई चिनेको डाक्टरले ‘तपाईंलाई केही रोग छैन’ भन्दिए भने उसले बुझ्छ कि डाक्टरले उसलाई राम्ररी जाँचेको छैन वा ऊ नडराओस् भने त्यसो भनेको हो । मलाई गम्भीर रोग लागेको छ भन्ने सोचको साथ उसले डाक्टरपछि डाक्टर बदल्छ र आफ्नो डर बढाउँछ ।

डराएको बिरामीले के गर्छ ?

आफ्नो रोगको डरले यस्ता बिरामीले डाक्टरलाई धेरै महँगो परीक्षण गराउन अनुरोध गर्छन् । हल्का ग्यास्ट्राइटिसको समस्या भएका बिरामीले डाक्टरलाई इन्डोस्कोपी गर्न अनुरोध गर्छन् ।

हल्का टाउको दुख्ने समस्या भएका बिरामीले एमआरआईको लागि सोध्छन्, घाँटी दुख्ने बिरामीले आफ्नो घाँटीको सिटी स्क्यान गर्न अनुरोध गर्छन् । सबै परीक्षण होस् र उसको डर अन्त्य होस् भन्ने चाहन्छन् ।

धेरै बिरामीलाई परीक्षण गर्दा फाइदा पनि हुन्छ, किनकि उनीहरूको डर हट्छ जब उनीहरूले आफ्नो रिपोर्ट सामान्य पाउँछन् । तर धेरै बिरामीमा यी परीक्षणहरू प्रभावकारी हुँदैनन् किनभने तिनीहरूको डरमध्ये एक डर कम भए पनि केही दिनपछि अर्को रोगको डर लिएर फर्कन्छन् ।

कसैलाई टाउको दुख्ने समस्या छ भने ब्रेन ट्युमर हो कि भनेर डराउँछन् । यसका लागि एमआरआई गराउँछन् । रिपोर्ट सामान्य आएपछि ट्युमरको डर हट्छ । तर केही समयपछि पेट दुख्यो भने पेटको क्यान्सर हो कि भनेर चिन्ता गर्छन् । एउटा रोगको डर हटेपछि अर्को रोगको डर सुरु हुन्छ । उनीहरूको डरको शृङ्खला बढ्दै जान्छ ।

डरको उपचार कसरी गर्ने ?

रोगको डरबाट बच्न सबैभन्दा पहिले अनावश्यक खोज र जानकारीबाट आफूलाई बचाउनुपर्छ । रोगको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । डाक्टरले कुनै रोग पत्ता लगाएमा उपचार गराउनुपर्छ ।

सानो सानो कुरा पनि गुगलमा खोज्ने बानी नै हुन्छ कसैको । यस्तो बानीलाई हटाउन अरू उपाय पनि अपनाउन सकिन्छ । यदि आफूलाई गुगल नगर्दा छटपटी र तनाव महसुस हुन्छ भने आफ्नो नजिकको व्यक्तिसँग कुरा गर्न सकिन्छ वा अरू कुनै काममा सक्रिय हुन सकिन्छ ।

चाहिने भन्दा बढ्ता जानकार हुँदा पनि कहिलेकाहीं तनाव सिर्जना हुन्छ । कुनै पनि जानकारीले आफूलाई एकदमै छटपटी या मन एकदम अशान्त भएको छ भने मेडिटेसन पनि गर्न सकिन्छ । यसले आफ्नो मस्तिष्कमा कस्ता खालका विचार आउँदै छ र त्यसले शरीरमा कस्तो प्रभाव पार्दैछ त्यसको मूल्यांकन गर्न सहयोग गर्छ ।

रोगसँग डराउनु भन्दा उपचार गराउनु बढी महत्वपूर्ण हुन्छ । चिकित्सकले राम्ररी जाँचेर रोग छ कि छैन भन्छन् भने त्यसलाई स्वीकार गर्नुपर्छ । तब यो डरको समस्याबाट बचेर स्वस्थ र सुरक्षित जीवन जिउन सकिन्छ ।

यदि कुनै पनि स्वास्थ्य जानकारीले मनमा डर उत्पन्न भएमा त्यो डर, तनाव काम गर्नलाई साना साना उपाय जस्तै- खुला आकाशमा जाने, कसैसँग आफ्नो खुल्दुली, भावना व्यक्त गर्ने र श्वासप्रश्वास सम्बन्धी व्यायाम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...
— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो । मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ । पछिल्लो ...
। मुलुकको कृषि तथा पशुपन्छी क्षेत्रलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन तयार पारिएको ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डिजिटल नक्सा सार्वजनिक गरिएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रका लागि महत्त्वपूर्ण मोड भएको बताए । ‘नेपालको परम्परागत कृषि प्रणालीको सुरक्षाका लागि यो नक्सा ...
। कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइनको उद्घाटन गरेका हुन् । आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै यसबाट गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम