मुख्य समाचार
पेरिस ओलम्पिकमा चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस ओलम्पिकमा चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।



दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १२२ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कास्यसहित कुल ६२ पदक जितेको छ ।



पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कास्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कास्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौँ स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...