मुख्य समाचार
माओवादी प्रवेश गरेका नेता-कार्यकर्ताको प्रचण्डसँग गुनासो- जिम्मेवारीविहीन भयौं
माओवादी प्रवेश गरेका नेता-कार्यकर्ताको प्रचण्डसँग गुनासो- जिम्मेवारीविहीन भयौं

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु दलबाट आएका नेताहरुलाई जिम्मेवारीविहीन नबनाइने बताएका छन्।



आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी पार्टी प्रवेश गरेकाले जिम्मेवारी नपाएको गुनासो गरेकाले उनीहरुलाई जिम्मेवारी विहीन नबनाइने बताएका हुन् ।

उनले प्रदेश र स्थानीय तहमा पनि माओवादीमा समावेश भएकालाई उचित जिम्मेवारी दिन निर्देशन दिए । अहिले माओवादीमा प्रवेश गर्नेको देशैभरीबाट लहर चलेको उनको भनाई छ।



कार्यक्रममा विभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जापान लगातार आठौंपल्ट विश्वकप छनोट नजिक पुगेको छ । जापानले एसियाली छनोटमा मंगलबार चीनलाई सजिलै ३–१ ले हरायो । चीनको सिमेनमा भएको तनावपूर्ण खेलमा जापानले सुरुमै दुई गोलको अग्रता लिएपछि स्थिति आफ्नो पकडमा राखेको थियो । यस्तै इरान पनि विश्वकप छनोटको संघारमा पुगेको छ । उसले किर्गिस्तानलाई ३–२ ले हरायो । इरान समूह ‘ए’ मा ...
। जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् । फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का ...
— जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् । प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११:५० (स्थानीय समय) मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर ...
काठबाट बनेको विश्वकै पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । भविष्यमा चन्द्रमा तथा मंगल ग्रहलगायतका अन्तरिक्ष अन्वेषणमा नवीकरणीय निर्माण सामग्रीको रुपमा काठको उपयोगिताको परिक्षणका लागि उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो । जापानी अनुसन्धानकर्ताहरुले निर्माण गरेको सो काठे स्याटेलाइटको तौल जम्मा ९ सय ग्राम छ । स्पेस एक्स मिसनमार्फत् प्रक्षेपित उक्त स्याटेलाइट अन्तराष्ट्रिय स्पेस स्टेसनतर्फ अघि बढेको ...