: ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । आगलागी तीव्र गतिमा फैलिएको देखेर हजारौं नागरिकलाई घरबाट हटाइ सुरक्षित स्थानमा लगिएको छ ।
एथेन्सको हावा नराम्ररी प्रदूषित भएको छ। तापक्रम ह्वात्तै बढेको छ र आकाश कालो भएको छ ।
एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । यस क्षेत्रमा बालबालिका र सेनाका अस्पतालहरू खाली गराइएको छ।
आगो निभाउन ६७० दमकल परिचालन गरिएको छ। फ्रान्स र इटालीले आगो निभाउन विमान पठाएका छन् ।
आगोलाई निभाउन अग्निनियन्त्रकहरूले सङघर्ष गरिरहेका छन् । ग्रिक सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ ।
ग्रिक राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । टेलिभिजन फुटेजले निया पेन्टेली र व्रिलिसियामा धेरै कार आगोले जलेको र घरका छानाहरू जलेको देखाएको छ ।
ग्रिसले सोमबार औपचारिकरूपमा युरोपेली सङ्घ (इयु) सँग सहायताका लागि आह्वान गरेको एक प्रवक्ताले बताए ।
फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले पेरिसले आफ्ना कठिन दबाबमा परेका ग्रिक सहकर्मीहरूलाई सहयोग गर्न एक सय ८० अग्निनियन्त्रक, ५५ ट्रक र एउटा हेलिकप्टर पठाएको बताए।