मुख्य समाचार
युक्रेनी सेनाद्वारा रुसको २५० वर्ग किलोमिटर क्षेत्रफल कब्जा, धेरै भवनमा युक्रेनी झण्डा फहराइयो
युक्रेनी सेनाद्वारा रुसको २५० वर्ग किलोमिटर क्षेत्रफल कब्जा, धेरै भवनमा युक्रेनी झण्डा फहराइयो

युक्रेनी सेना रुसको सीमानाबाट ३० किलोमिटर भित्र पसेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता युक्रेनले रुसमाथि आक्रमण गरेको यो पहिलो पटक हो ।



शुक्रबारसम्म रुसले युक्रेनी सीमासँग जोडिएको कुर्स्कमा कम्तिमा २५० वर्ग किलोमिटर क्षेत्र गुमाएको छ। युक्रेनी सेनाको अर्को लक्ष्य रुसी सहर सुदजा हो। सामाजिक सञ्जालमा धेरै भिडियोहरू भाइरल भएका छन्, जसमा युक्रेनी सैनिकहरूले भवनमा रहेको रुसी झण्डा हटाएर आफ्नो देशको झण्डा राखेका छन्।

रूसले युक्रेनी आक्रमण रोक्नको लागि सम्भव सबै प्रयास गरिरहेको सञ्चारमाध्यममा जनाइएको छ। रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले रुसी गाउँ टोलपिनो र ओब्ची कोलोड्जेमा युक्रेनी सेनासँग झडप गरेको जनाएको छ।



कुर्स्क आणविक प्लान्ट नजिक लडाइँ

रुसको कुर्स्क क्षेत्रमा छैटौं दिन पनि युक्रेनी आक्रमण जारी छ । रुसले यस क्षेत्रमा अगस्ट ८ मा संकटकाल लगाएको थियो । रिपोर्टका अनुसार केवल २४ घण्टामा युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा दुई प्रमुख किल्लाहरू ध्वस्त पारेको थियो। यसलाई बनाउन रुसलाई साढे दुई वर्षभन्दा बढी समय लागेको थियो र त्यसमा १७ करोड डलर (लगभग १४ हजार करोड)भन्दा बढी खर्च भएको थियो ।

आइतबार रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रुसी सेनाले उचित प्रत्याक्रमण गर्ने बताइन् । जाखारोभाले यी आक्रमणहरूको उद्देश्य रूसी नागरिकहरूलाई मार्नु, उनीहरूलाई डराउनु र देशको पूर्वाधार नष्ट गर्नु भएको बताएकी हुन्।

रुसी र युक्रेनी सेनाबीच भिडन्त भइरहेको क्षेत्र कुर्स्क आणविक प्लान्ट नजिकै रहेको छ । यो पावर प्लान्ट रूसको सबैभन्दा ठूलो आणविक प्लान्टहरू मध्ये एक हो। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले आणविक दुर्घटना रोक्न प्रयास गरिनुपर्ने बताएका छन्। यदि कुनै दुर्घटना भयो भने, यसको गम्भीर परिणाम हुनेछ।

युक्रेनको उदयले पुटिनको छविलाई क्षति पुर्‍याएको दावी

अमेरिकी पत्रिका टाइमले युक्रेनको प्रगतिबारे युक्रेनको यो सफलता सानो भए पनि पुटिनको शक्तिशाली छविलाई हानी पुर्‍याएको जनाएको छ । रुसी समाचार एजेन्सी टासका अनुसार युक्रेनी सीमा नजिक बसोबास गर्ने ७६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा पठाइएको छ ।

युक्रेनी सेना अगस्ट ६ मा कुर्स्क क्षेत्रमा प्रवेश गरेको थियो । रुसले ट्याङ्क र आर्टिलरीले सुसज्जित करिब १ हजार युक्रेनी सैनिक कुर्स्क प्रवेश गरेको दाबी गरेको छ । रुसभित्रको युक्रेनी सैनिकको तस्बिर र भिडियो बाहिरिएपछि पनि युक्रेनी अधिकारीहरूले भने रुसको सीमामा प्रवेश गरेको विषयमा केही खुलाएका छैनन्।

यसपछि आइतबार जेलेन्स्कीले एक भिडियो जारी गर्दै युक्रेनले रुसी भूभागमा आक्रमण गरेको स्वीकार गरेका थिए । उनले रुसले कुर्स्कबाट युक्रेनमा २ हजारभन्दा बढी आक्रमण भएको बताए । युक्रेनले पनि रूसको आक्रमणको जवाफ दिन सक्ने सन्देश रुसलाई दिन चाहेको उनले बताए। उनले युक्रेनी सैनिकलाई धन्यवाद समेत दिएका छन् ।

एक युक्रेनी अधिकारीले समाचार एजेन्सी एएफपीलाई भने, 'रूसी सेनाहरू आफ्नो सिमानाको रक्षा गर्न नसक्ने देखिएका छन्। यस क्षेत्रमा हामी बलियो भएका छौं। हाम्रो उद्देश्य दुश्मनलाई अधिकतम क्षति पुर्‍याउनु हो।'


रुस र युक्रेनबीच चलेको साढे दुई वर्ष लामो युद्धमा पहिलोपटक युक्रेनले अहिले रुसमा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम