मुख्य समाचार
जल संकटसँग जुध्न बर्लिनमा बनाइँदैछ विशाल इनार
जल संकटसँग जुध्न बर्लिनमा बनाइँदैछ विशाल इनार

। जर्मनीको राजधानी बर्लिन शहरको सरकारले बढ्दो तापमान, खडेरी र सडकमा भल बग्ने समस्या समाधान गर्ने उद्देश्यले वर्षाको पानी जम्मा गर्ने उपाय अपनाएको छ । त्यसका लागि ठाउँठाउँमा ठूला–ठूला इनार बनाइएको छ ।

जर्मनीको राजधानी बर्लिन सुख्खा क्षेत्रको रुपमा चिनिन्छ । यहाँ हरेक वर्ष गर्मीको बेला पानीको समस्या हुन्छ । वर्षाको बेला ढल फुटेर ओभरफ्लो पनि हुन्छ ।




यही कारण बर्लिनमा स्पन्जले जसरी पानी सोस्ने र वर्षाको पानी भण्डारण गर्ने उपाय खोजिएको हो । यदि आवश्यक परेमा भण्डारण गरेर राखिएको त्यही पानी शुद्धीकरण गरेर उपयोग गर्न पनि सकिन्छ ।

पानीको समस्या समाधान गर्नका लागि भूमिगत बेसिनहरू बनाइएका छन् । यी बेसिनहरुले खेर जाने पानीलाई पार्किङ गरेजस्तै राख्ने काम गर्छन् । वर्षा भएको बेला आसपासका क्षेत्रबाट पानी त्यही बेसिनमा गएर जम्मा हुन्छ । त्यो पानीलाई ट्रिटमेन्ट प्लान्टमा लगिन्छ । त्यहाँ पानी शुद्धीकरण गरेरमात्र नहर वा नदीहरुमा छाडिन्छ ।



बर्लिनमा पानी जम्मा गर्न नौ वटा क्षेत्रमा त्यस्ता बेसिन निर्माण गरिसकिएको छ । तीमध्येको एक माउर पार्कको तल छ । यो पार्क प्रेन्जलाउर बर्ग जिल्लामा घुमघामका लागि लोकप्रिय छ ।

अर्को एउटा सबैभन्दा ठूलो बेसिन निर्माणाधीन छ । यसको आकार माउरपार्कको बेसिनभन्दा दोब्बर ठूलो हुनेछ ।



जमिनमा ३० मिटर गहिरो गोलाकार खाल्डो खनेर बेसिन बनाउने काम जारी छ । क्रंक्रिटबाट निर्माण भइरहेको यो बेसिन सन् २०२६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसमा करिब १७ हजार क्युबिक मिटर पानी जम्मा गर्न सकिन्छ । यो ओलम्पिकका सात वटा स्विमिङ पुल बराबरको हुने छ । भारी वर्षा भएर जल प्रवाहमा दबाब परेमा अतिरिक्त पानी यही बेसिनमा जम्मा गर्ने योजना छ ।

बर्लिनको जल विभाग बीडब्ल्यूबीका प्रवक्ता आस्ट्रिङ हेकेनेश रुम्प भन्छिन्, ‘वर्षाको पानीको संरक्षण गर्न सकियोस्, सुख्खायाममा राहत मिलोस्, बढी वर्षा भएर ढल प्रणालीमा दबाब नपरोस् र नदीमा फोहोर पानी नमिसियोस् भनेर यो काम सुरु गरिएको हो ।’ उनका अनुसार यसले भारी वर्षासँगै ओभरफ्लो भएर ढलयुक्त फोहोर पानी सडक, नदी र नहरमा पुग्न पनि जोगाउँछ ।

बर्लिनको जल विभागले शहरभर पिउने पानीको आपूर्ति गर्दछ । साथै ढल प्रशोधन गरेर सफा पानी मात्र बगाउने जिम्मेवारी पनि यही विभागको छ ।

प्रवक्ता हेकेनेश रुम्प भन्छिन्, वर्षाको बेला शहर र गाउँको ढल एउटै पाइपमा मिसिँदा ओभरफ्लो हुन्छ । त्यसैले ओभर फ्लो हुनबाट रोकेर ट्रिटमेन्ट प्लान्टसम्म पानी पुर्‍याउने गरी संरचनाहरुको डिजाइन गरिएको छ ।

बर्लिनमा १० हजार किलोमिटर लामो ढल प्रणालीमा २ हजार किलोमिटर संयुक्त ढल प्रणाली छ । त्यसमा १८० स्थानमा ओभरफ्लो हुने समस्या छ । ती स्थानबाट ओभरफ्लो हुने फोहोर पानी बगेर स्प्री नदीमा मिसिन्छ ।



बर्लिनमा नदीको जल प्रवाह सुस्त छ । त्यसैले फोहोर पानी छिट्टै बग्दैन । जल विभागकी प्रवक्ता हेकेनेश रुम्प भन्छिन्– बर्लिनको नदीको प्रवाह १० क्युबिक मिटर प्रतिसेकेण्ड भन्दा पनि कम छ । त्यसैले यहाँ बगेर जे पुग्छ, लामो समयसम्म त्यहीँ रहन्छ । ढलको फोहोर पानी मिसिँदा नदीको पानीमा अक्सिजनको कमी हुन्छ र माछाहरु मर्न थाल्छन् ।

बर्लिन शहरमा घना बस्ती छ । त्यसैले खाली जग्गा पाउन मुस्किल छ । कंक्रटि ढलान भएकाले जमिनले पानी सोस्न सक्दैन र वर्षाको पानी बगेर नाला वा ढलमा पुग्छ । जल विभागका प्रवक्ता हेनेकेश रुम्पका अनुसार सरदरभन्दा एक प्रतिशत मात्रै बढी वर्षा भयो भने पनि तीन प्रतिशत बढीले ओभरफ्लोको समस्या हुन्छ ।

त्यसैले बर्लिनको संसद र जल विभागले ‘रेन वाटर एजेन्सी’ बनाएका छन् । यो एजेन्सीले शहरमा निर्माण कार्य गर्ने व्यक्तिलाई पर्यावरण अनुकूलका घर र छत बनाउन लगाउनुका साथै वर्षाको पानी जम्मा गर्ने तरिकाबारे सिकाउँछ । बर्लिन शहरमा वर्षाको पानी जमिन मुनि पुर्याउने खालको डिजाइनको नियम पालना गर्न बाध्यकारी बनाइएको छ ।

उदाहरणका लागि एक नयाँ अपार्टमेन्टको छतमा पोखरी नै बनाइएको छ । त्यसमा वर्षाको पानी जम्मा हुन्छ । त्यो पानी सिंचाइ र सफाइका काममा उपयोग गरिन्छ ।

पर्यावरण अनुकूलका यस प्रकारका उपायबाट तापक्रम वृद्धिलाई केही कम गर्न पनि मद्दत मिल्छ । अचानक आउने बाढी, डुबान र जलसंकटलाई पनि केही हदसम्म कम गर्न सकिन्छ ।

बर्लिनको जल विभागकी प्रवक्ता हेनेकेश रुम्प भन्छिन्, ‘जल संकटको समाधानका लागि नयाँ सोच र सामूहिक प्रयास जरुरी छ । हरेक व्यक्तिले आफ्नो सीमाभन्दा पनि परसम्म सोच्नुपर्ने भएको छ ।’

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...