: नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ। एएफसी च्यालेन्सज लिगअन्तर्गत दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइज पारोसँग २-१ ले पराजित भएको हो।
पहिलो हाफको ३८औं मिनेटमा लकेन लिम्बुको गोलमा चर्च ब्वाइजले अग्रता लिए पनि त्यसको केही मिनेटमै पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल गरेका थिए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा पारोले २-१ को अग्रता लिएको थियो। ६६औं मिनेटमा पारोका लागि विलियम ओपोकुले गोल गरेका थिए। उनको गोल नै निर्णाक बनेपछि पारोले चर्च ब्वाइजलाई हराउँदै समूह चरणमा पुगेको छ।
खेल हुनुअगाडि भारी वर्षा भएपछि दशरथ रंगशालाको मैदान भिजेको थियो। खेल सुरू भएसँगै मैदान हिलोमा परिणत भएको थियो। अन्तर्राष्ट्रिय मान्यता गुमाएको दशरथ रंगशालालाई हालै पुनः अन्तर्राष्ट्रिय मान्यता दिएको थियो।