। जिलेस्पीजंग कार्कीको दुई गोल मद्दतमा त्रिभुवन आर्मी एफसीले भारतमा जारी १३३ औं डुरान्ड कपमा सान्त्वना जित हात पारेको छ ।
समूह एफमा रहेको आर्मीले मंगलबार भएको खेलमा राङ्दाजिएद युनाइटेडलाई २-० ले पराजित गरेको हो । यसअघि खेलेको दुवै खेलमा पराजित भएको आर्मी नकआउट चरणमा भने पुग्न सकेन ।
जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीले दुवै हाफमा गोल गरे । उनले २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने ६६औं मिनेटमा पेनाल्टीमा गोल गरे ।
तीन खेलमा एक जित र दुई हारको नतिजापछि आर्मी समूह एफको तेस्रो स्थानमा रह्यो । राङ्दाजिएदले भने सबै तीन खेलमा हार व्यहोर्दै अंकविहीन बन्यो ।