मुख्य समाचार
हार्वर्डको अध्ययन : नागरिक सहभागिता प्रवर्द्धनमा सेलिब्रेटीको भूमिका महत्वपूर्ण
हार्वर्डको अध्ययन : नागरिक सहभागिता प्रवर्द्धनमा सेलिब्रेटीको भूमिका महत्वपूर्ण

। अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पले गत महिना आयोजना गरेको चुनावी र्‍यालीमा पूर्वरेस्लर हल्क होगन र गायक किड रकलाई अघि सारे । जबकि मेगन थे स्टालियन, जर्ज क्लुनी र जेनिफर एनिस्टनले ह्वाइट हाउस दौडका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे ।

तर के सेलिब्रेटीको चुनावी प्रचारले सुई चल्छ वा यो फण्डा मात्र हो ?

हार्वर्ड युनिभर्सिटीको एस सेन्टर फर डेमोक्रेटिक गभर्नेन्स एण्ड इनोभेसनको एक नयाँ अध्ययनले नागरिक सहभागिता प्रवर्द्धनमा सेलिब्रेटीले प्रभावशाली भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।

‘जब राजनीतिको कुरा आउँछ, केही मत सर्वेक्षणमा मतदाता सेलेब्रिटीको आवाजबाट आफूहरु प्रभावित नभएको भन्ने देखिन्छ । केही स्पष्ट प्रमाणले यो कुराको संकेत गर्छन् कि यी आवाज अविश्वसनीय रुपमा शक्तिशाली छन्,’ हार्वर्डको अध्ययनमा उल्लेख छ ।

जब सेलिब्रेटीले व्यवहारमा उत्रिन आह्वान गर्छन् तब यस्ता गैरनाफामूलक आह्वानको मद्दतमा मतदाता र मतदाना कार्यकर्ताले अनलाइन दर्ता उच्च दरमा गर्छन् ।

‘सेलिब्रेटी अमेरिकीलाई दैनिकजसो उनीहरुको आवाज र नागरिक अधिकारको प्रयोग गर्नका लागि सशक्त बनाउन विशिष्ट स्थानमा छन्,’ रिपोर्टमा भनिएको छ, ‘सेलिब्रेटी अमेरिकी संस्कृतिका एक अतुलनीय शक्ति हुन् । सेलिब्रेटीहरू अमेरिकी संस्कृतिमा एक अतुलनीय शक्ति हुन् जसले हामी के किन्छौं, के लगाउँछौं र हामी के कुरा गर्छौं भनेर जानकारी दिन्छौं । महत्वपूर्ण प्रभाव र पहुँचको साथ तिनीहरू सामाजिक र राजनीतिक कारणका लागि शक्तिशाली आवाज हुन् ।’



हार्वर्डको प्रतिवेदनले विशिष्ट उम्मेदवार वा राजनीतिको पक्षमा सेलिब्रेटीको समर्थनबारे उल्लेख गर्दैन । बरु अमेरिकीलाई मतदान गर्न, आफ्नो विवरण दर्ता गर्न शिक्षित, परिचालन र प्रोत्साहित गर्ने गैरपक्षीय मतदाता सहभागिता प्रयासका लागि उनीहरुको भूमिकामा ध्यान केन्द्रित गर्छ ।

‘यो अध्ययन गैरपक्षीय नागरिक संलग्नता र युवालाई आफ्नो आवाज मतपेटिकामा सुनाउने काममा सशक्त बनाउन मद्दत गर्ने तरिकामा केन्द्रित थियो,’ अध्ययनका लेखक र नागरिक दायित्व परियोजनाका सहसंस्थापक एश्ले स्पिलानले सीएनएनलाई भने, ‘सहभागिताको संस्कृतिलाई प्रवर्द्धन गर्न र आफूलाई गर्न रमाइलो लाग्ने कामबारे यसले भूमिका खेल्छ ।’

‘सेलिब्रेटीसँग युवापुस्तालाई जोड्ने अनौठो क्षमता हुन्छ जसलाई मूलधारको मिडियाको प्रयासले पनि सक्षम नतुल्याएको हुनसक्छ,’ अध्ययनले भनेको छ, ‘सामाजिक सञ्जालमा उनीहरुको नियन्त्रण र उपस्थितिले उनीहरूलाई सूचना प्रवाह गर्ने केन्द्रीकृत स्रोतको रूपमा पछ्याउन र मतदाताको सहभागिता वृद्धिमा स्थान दिन्छ ।’

अध्ययनअनुसार जेन जेड र मिलेनियल्स पुस्ता जो सन् २०२८ को चुनावमा मतदान गर्ने समूह बन्नेछ, उनीहरुले दैनिक औसत १८० मिनेट र १५७ मिनेट सोसल मिडियामा बिताउँछन्, उनीहरुको समाचारको स्रोत पनि यी प्लाटफर्म हुन् ।

अनुसन्धान गरिएका अन्य प्रयासमा गायिका एरियाना ग्रान्डेको एउटा उदाहरण समावेश छ, जसले आफ्नो ‘स्वीटनर’ विश्व भ्रमणको क्रममा आफ्नो कन्सर्टमा बुथ स्थापना गरेर २०१९ मा मतदाता दर्तालाई प्रवर्द्धन गरेकी थिइन् । काइली जेनर जसले २०२० मा इन्स्टाग्राममा भोट गर्न दर्ता गर्न लिङ्क पोस्ट गरिन्, फलस्वरुप अघिल्लो दिनको तुलनामा ट्राफिकमा १,५०० प्रतिशत वृद्धि भएको अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...