। चर्च ब्वाइज क्लबका प्रशिक्षक बालगोपाल महर्जनले पाएको अवसर उपयोग गर्न नसक्दा भुटानी क्लब पारोसँग पराजित हुनुपरेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार एएफसी च्यालेन्ज कपको प्लेअफमा नेपालको चर्च ब्वाइज क्लब भुटानी क्लब पारो एफसीसँग २-१ ले पराजित भएको छ ।
प्रशिक्षक महर्जनले दुबै टिमको क्षमता उस्तै उस्तै भए पनि चर्च ब्वाइजले अवसर सदुपयोग गर्न नसकेको बताए । ‘गेम ५०-५० थियो । पाएको अवसर सदुपयोग हुन सकेन । दुर्भाग्यवश अर्को चरण छनोट हुन सकेनौं’, उनले भने ।
पारो एफसीले जापानी खेलाडी केसुके होण्डासहितका धेरै विदेशी खेलाडी खेलाएको थियो । पराजय व्यहोर्नुको यो पनि एउटा कारण रहेको महर्जनको भनाइ छ । रक्षापंक्तिमा केही कमजोरी भएको र मैदान हिलाम्य भएका कारण पनि राम्रो प्रतिस्पर्धा हुन नसकेको उनले बताए ।
मैदान कस्तो छ सबैलाई थाहा छ । ३५-४० वर्ष भइसक्यो, अब यसमा ध्यान जानु जरुरी छ । हामीले खेल्दा पनि यस्तै थियो अहिले पनि यस्तै छ’, महर्जनले भने ।