मुख्य समाचार
युक्रेनद्वारा ७४ वटा रुसी गाउँ कब्जा
युक्रेनद्वारा ७४ वटा रुसी गाउँ कब्जा

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताए । युक्रेनी सेना रुसतर्फ अग्रसर भई रुसी सेनालाई कब्जामा लिइरहेको बताइएको छ ।

युक्रेनले गरेको अकस्मात आक्रमणपछि दुई लाख रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएका बीबीसी समाचारमा उल्लेख छ । उनीहरूलाई सुरक्षित स्थानमा पठाइएको छ ।

युक्रेनले अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । युक्रेनले अगस्ट १३ सम्म रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार दोस्रो विश्वयुद्धपछि कुनै देशले रुसको सीमामा घुसपैठ गरेको यो पहिलो पटक हो ।

२४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धको मंगलबार ९०० दिन पूरा भएको छ । साढे दुई वर्षदेखि चलिरहेको यो युद्धमा रुसका लागि पछिल्लो हप्ता निकै खराब साबित भएको छ । युक्रेनले पहिलो पटक रुसमाथि प्रहार गरेको हो।

सीएनएनका अनुसार यो वर्ष रुसले जति युक्रेनी भूभाग कब्जा गरेको छ त्यति नै जमिन युक्रेनले मात्रै ७ दिनमा कब्जा गरेको छ । अमेरिकास्थित युद्ध अध्ययन संस्थान (आइएसडब्लु) का अनुसार रुसले २०२४ मा युक्रेनको १,१७५ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ।

युद्ध सुरु भएको साढे दुई वर्षमा रुसले युक्रेनको १ लाख वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ । यो युक्रेनको कुल भूमि क्षेत्रको १८% हो। युक्रेनले अब जवाफी आक्रमण सुरु गरेको छ र रुसको १ प्रतिशत भूभाग कब्जा गरेको छ।

यसअघि सोमबार रुसले युक्रेनी सेनाले आफ्नो २८ गाउँ कब्जा गरेको बताएको थियो । यस अवधिमा १२ रुसी सर्वसाधारण मारिएका छन् भने १२१ घाइते भएका छन्। कुर्स्कका गभर्नर एलेक्सी स्मिर्नोभले ६ दिनमा युक्रेनी सेना कुर्स्कको करिब १२ किलोमिटर भित्र र ४० किलोमिटर चौडा क्षेत्रमा फैलिएको बताएका छन् ।

पुटिनले सोमबार कुर्स्कका स्थानीय नेता र अधिकारीहरूसँग भेटघाट गरेका थिए। उनले युक्रेनी आक्रमणलाई उत्तेजक कार्य भनेका छन् । उनले आफ्ना रक्षा अधिकारीहरूलाई युक्रेनी सेनालाई रुसी भूभागबाट हटाउन आदेश दिएका छन्।

पुटिनले युक्रेनले रुसी भूभाग कब्जा गरेर युद्धविराम सम्झौताका लागि आफ्नो अडानलाई बलियो बनाउन चाहेको भएपनि आफूहरु कुनै सम्झौता नगर्ने बताए । उनले युक्रेनले रुसी नागरिकको हत्या गरेको र आणविक उर्जा केन्द्र नजिकै हमला गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...