मुख्य समाचार
रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि
रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

। स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ ।

पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे ।




एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।



केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्का हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।

एमबाप्पेले आफ्नो लागि यो उत्कृष्ट क्षण रहेको र लामो समयदेखि यो क्षणको प्रतिक्षामा रहेको बताए ।

रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उनको प्रतिक्रिया थियो ।

रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ ।

रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।

नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल हुँदै आएको छ ।

रियलले गत सिजन च्याम्पियन्स लिग र एटलान्टाले युरोपा लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका हुन् । प्लानिङका लागि अर्काे ...
। आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ । श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले ४ विकेट लिए । ब्राड इभान्सले ३ तथा वेलिंग्टन मसाकाड्जा र रायल बर्लले एकएक विकेट ...
। थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन् । सीता राना ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले नामिबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरुद्ध भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि इशान किशनले २४ बलमा ६१ रनको विस्फोटक इनिङ्स खेले । उनले ६ चौका ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको हो । दुवै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६१औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा किन लेविस पोटरले गोल गर्दै टोलीको हार टारे । बराबरीपछि शीर्षस्थानको आर्सनलले अंकदुरी अझ बढाउने ...