मुख्य समाचार
डेंगु जोखिम बढेको भन्दै स्वास्थ्यमन्त्रीले डाके उपत्यकाका मेयरहरुको बैठक
डेंगु जोखिम बढेको भन्दै स्वास्थ्यमन्त्रीले डाके उपत्यकाका मेयरहरुको बैठक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् ।

उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् ।


मन्त्री पौडेलले मिलेर काम गरे निन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए । ‘उपत्यकामा डेंगु नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।’

साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाई उद्दृद्ध गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन स्थानीय तहबाट साथ र सहकार्यको उद्देश्य राखेको बताए ।



उनले सरसफाइको कमीका कारण संक्रमण फैलने देखिएको भन्दै मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको भन्दै स्थानीय तह र प्रदेशबाट समेत साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

मन्त्रालयले डेंगु जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए । अब उपचारसँगै फैलन नदिन पहल आवश्यक परेको भन्दै मन्त्री पौडेलले वडा तहसम्म सचेतना विस्तार गरेर डेंगुसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । मन्त्रालय यसका लागि स्थानीय तहलाई हरसम्भव साथ दिने पनि उनले प्रतिबद्धता जनाए ।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानीमात्र कम गर्न सकिए पनि धेरै क्षति नियन्त्रण गर्न सकिने भन्दै एकै दिन देशैभर सफाइ अभियान सञ्चालन गर्न सकिने बताए ।
कार्यक्रममा सहभागी काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराउँदै डेंगु तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

यसैगरी गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरुले पनि एक अर्का एक्ला एक्लै काम गर्ने प्रवृत्ति रहेको भन्दै सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।

‘हामीलाई पहिलो पटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,’ नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भनिन्, ‘हामी डेंगु नियन्त्रणमा सहकार्य गर्न तयार छौं ।’

स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले खानेपानीको गुणस्तर नपुर्याउनेलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्यांकमा सहयोग नमिलेको भन्दै सघाउन मन्त्रालयलाई आग्रह गरे । ललितपुर महानगरले सरसफाइमा जोड दिइएको बताएको छ भने काठमाडौं महानगरले हरेक साता लामखुट्टेको खोजी तथा नियन्त्रण कार्यलाई गति दिइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...