मुख्य समाचार
बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने
बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्व घोषणाअनुसार बिहीबारदेखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन्।



उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट वासिङ्टन नजिकैको मेरील्याण्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो ।

बाइडेनले बुधबारको घोषणामा औषधिको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदमहरू चाल्ने बताएका छन्।



उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसैबिच रिपब्लिकनका उम्मेदवार ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गरेका छन्।

अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महङ्गी वृद्धिलगायतका अलोकप्रिय मुद्दाहरूबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख गरेको छ ।

अर्कोतर्फ फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन् । यद्यपि जनविश्वास दर ह्यारिसको पक्षमा ४२ प्रतिशत र ट्रम्पको पक्षमा ४१ रहेको छ ।

उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मुल्यवृद्धि नियन्त्रणलाई आत्मसाथ गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ ।

ह्यारिसले नीतिगत एजेन्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवर्द्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताएका छन्।

बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिती संयमता पूर्वक अगाडी बढ्ने समय भएको बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...