मुख्य समाचार
ला लिगामा पहिलो दिन दुवै खेल बराबर
ला लिगामा पहिलो दिन दुवै खेल बराबर

। बिहीबारदेखि सुरु भएको स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२ ५ को पहिलो दिन दुवै खेल बराबरीमा सकिएका छन् ।

लिगको पहिलो खेलमा एथ्लेटिक बिल्वाओ र गेटाफेले १-१ को बराबरी खेलेका छन् । ओइहान सान्सेटको २७औं मिनेटमा गोलले गर्दै बिल्वाओलाई पहिले अग्रता दिलाएका थिए । तर, गेटाफेका क्रिससान्टोस उचेले ६४ औं मिनेटमा बराबरी गोल गरे ।

गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा लिग सकाएको जिरोनाले पहिलो खेलमा रियल बेटिससँग १-१ कै बराबरी खेलेको छ । बेटिसले सुरुवाती अग्रता लिए पनि जिरोनाले बराबरी गोल फर्काएको हो ।

खेलको छैटौं मिनेटमा मार्क बार्ताले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर ग्याब्रिएल मिसहोयले ७२ औं मिनेटमा जिरोनाका लागि बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका हुन् । प्लानिङका लागि अर्काे ...
। आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ । श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले ४ विकेट लिए । ब्राड इभान्सले ३ तथा वेलिंग्टन मसाकाड्जा र रायल बर्लले एकएक विकेट ...
। थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन् । सीता राना ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले नामिबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरुद्ध भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि इशान किशनले २४ बलमा ६१ रनको विस्फोटक इनिङ्स खेले । उनले ६ चौका ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको हो । दुवै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६१औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा किन लेविस पोटरले गोल गर्दै टोलीको हार टारे । बराबरीपछि शीर्षस्थानको आर्सनलले अंकदुरी अझ बढाउने ...