मुख्य समाचार
सिटीका फिल फोडेनले जिते पीएफए वर्ष खेलाडी अवार्ड
सिटीका फिल फोडेनले जिते पीएफए वर्ष खेलाडी अवार्ड

। म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सिटीले गत सिजन लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दा प्रमुख खेलाडी रहेका फोडेनले वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

‘यो अवार्ड जित्नु एकदमै विशेष छ । यो अवार्ड जित्दा म एकदमै गौरवान्वित र आभारी छु ।’ फोडेनले भनेका छन् ।

फोडेनले २०२३-२४ को सिजन सिटीका लागि ३५ खेल खेल्दै १९ गोल गरेका थिए । फोडेनले गत सिजन प्रिमियर लिग प्लेअर अफ दि सिजन अवार्ड जितेका थिए । यस्तै फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबल अफ दि इयर पनि घोषित भएका थिए ।



यस्तै चेल्सीका कोल पाल्मरले वर्ष युवा खेलाडीको अवार्ड जिते । उनले गत सिजन २२ गोल गरेका थिए ।

सन् २००९-१० यता पहिलो पटक दुवै अवार्ड इंग्लिस खेलाडी जितेका हुन् । त्यतिबेला वायन रुनीले वर्ष युवा खेलाडी र र जेम्स मिल्नरले वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...