मुख्य समाचार
मोदीलाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने तेस्रो भारतीय
मोदीलाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने तेस्रो भारतीय

। ‘स्त्री’ स्टार श्रद्धा कपुरको लोकप्रियता झनै चुलिंदो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो भारतीय बनेकी छन् । सूचीमा उनी प्रियंका चोपडाको निकट पुगेकी छन् ।

‘स्त्री २’ ब्लकबस्टर भएलगत्तै श्रद्धालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ह्वात्तै बढेको हो । श्रद्धालाई इन्स्टाग्राममा ९ करोड १४ लाखभन्दा बढीले पछ्याएका छन् । प्रधानमन्त्री मोदीलाई पछ्याउनेको संख्या ९ करोड १३ लाख छ ।


शीर्ष स्थानमा रहेकी चोपडालाई ९ करोड १८ लाखले पछ्याएका छन् । क्रिकेटर विराट कोहलीलाई २ करोड ७१ लाखले पछ्याएका छन् । त्यसपछि धेरै पछ्याइनेमा आलिया भट्ट, कट्रिना क्याफ, दीपिका पादुकोण र नेहा कक्कर छन् ।

धेरै पछ्याइने भारतीय अभिनेतामा सलमान खान छन्, जसलाई ६ करोड ९३ लाखले पछ्याएका छन् । इन्स्टाग्राममा जे भएपनि भारतीय प्रधानमन्त्री मोदी एक्स (पहिलेको ट्वीटर)मा सबैभन्दा धेरै पछ्याइने विश्व नेता हुन् । उनलाई एक्समा १०१.२ मिलियनले पछ्याएका छन् ।



‘स्त्री २’ को कुरा गर्दा श्रद्धा कपुर स्टारर यो फिल्मले अहिलेसम्म विश्वभर ३०० करोड भारु कमाएको जनाइएको छ । यसले भारतमा गदर २, पठान, बाहुबली २ को कमाइलाई पनि उछिनेको छ । अमर कौशिक निर्देशित यो फिल्म नेपालमा पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...