मुख्य समाचार
मोदीलाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने तेस्रो भारतीय
मोदीलाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने तेस्रो भारतीय

। ‘स्त्री’ स्टार श्रद्धा कपुरको लोकप्रियता झनै चुलिंदो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो भारतीय बनेकी छन् । सूचीमा उनी प्रियंका चोपडाको निकट पुगेकी छन् ।

‘स्त्री २’ ब्लकबस्टर भएलगत्तै श्रद्धालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ह्वात्तै बढेको हो । श्रद्धालाई इन्स्टाग्राममा ९ करोड १४ लाखभन्दा बढीले पछ्याएका छन् । प्रधानमन्त्री मोदीलाई पछ्याउनेको संख्या ९ करोड १३ लाख छ ।


शीर्ष स्थानमा रहेकी चोपडालाई ९ करोड १८ लाखले पछ्याएका छन् । क्रिकेटर विराट कोहलीलाई २ करोड ७१ लाखले पछ्याएका छन् । त्यसपछि धेरै पछ्याइनेमा आलिया भट्ट, कट्रिना क्याफ, दीपिका पादुकोण र नेहा कक्कर छन् ।

धेरै पछ्याइने भारतीय अभिनेतामा सलमान खान छन्, जसलाई ६ करोड ९३ लाखले पछ्याएका छन् । इन्स्टाग्राममा जे भएपनि भारतीय प्रधानमन्त्री मोदी एक्स (पहिलेको ट्वीटर)मा सबैभन्दा धेरै पछ्याइने विश्व नेता हुन् । उनलाई एक्समा १०१.२ मिलियनले पछ्याएका छन् ।



‘स्त्री २’ को कुरा गर्दा श्रद्धा कपुर स्टारर यो फिल्मले अहिलेसम्म विश्वभर ३०० करोड भारु कमाएको जनाइएको छ । यसले भारतमा गदर २, पठान, बाहुबली २ को कमाइलाई पनि उछिनेको छ । अमर कौशिक निर्देशित यो फिल्म नेपालमा पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...
— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो । मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ । पछिल्लो ...
। मुलुकको कृषि तथा पशुपन्छी क्षेत्रलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन तयार पारिएको ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डिजिटल नक्सा सार्वजनिक गरिएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रका लागि महत्त्वपूर्ण मोड भएको बताए । ‘नेपालको परम्परागत कृषि प्रणालीको सुरक्षाका लागि यो नक्सा ...
। कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइनको उद्घाटन गरेका हुन् । आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै यसबाट गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम