मुख्य समाचार
जेनिफर लोपेज र बेन एफलेकले दिए सम्बन्ध विच्छेदको निवेदन
जेनिफर लोपेज र बेन एफलेकले दिए सम्बन्ध विच्छेदको निवेदन

। लामो समयदेखि छुट्टिएर चर्चामा रहेका हलिउड कलाकार जेनिफर लोपेज र बेन एफ्लेकले अन्ततः सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । दोस्रो विवाहको वर्षगाँठमा उनीहरुले काउन्टी सुपेरियर कोर्टमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका हुन् ।

जेनिफर लोपेज र बेन एफ्लेक हलिउडका चर्चित जोडीमध्ये एक हुन् । दुई वर्षअघि सन् २०२२ मा उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । मिडिया रिपोर्टका अनुसार लोपेज र एफलेकले दुई पटक विवाह गरेका थिए र त्यो पनि एकै वर्षको लगातार दुई महिनामा ।




उनीहरुको पहिलो विवाह जुलाई २०२२ मा अमेरिकाको लस भेगासमा भएको बताइएको छ । यसपछि उनीहरुले अगस्ट २०२२ मा दोस्रो विवाह गरे । दुवैले २० अगस्ट २०२२ मा जर्जियामा एक ठूलो समारोहमा फेरि विवाह गरे ।

बेनले दोस्रो पटक र जेनिफरले चौथो पटक सम्बन्ध विच्छेद गरिरहेकी छन् । डेली मेलका अनुसार यो जोडीले जुलाई २०२२ मा विवाह गर्नुअघि कुनै सम्झौता गरेको छैन ।



अदालतका कागजातले जेनिफरले न्यायाधीशलाई बेनका लागि पति–पत्नीको समर्थन अस्वीकार गर्न पनि अनुरोध गरेको खुलासा गरेको छ । टीएमजेडको रिपोर्टअनुसार जेनिफरले बेनसँग उनीहरूको आर्थिक समस्याको बीचमा सम्बन्ध विच्छेदको लागि निवेदन दायर गरेकी हुन् ।

निकट स्रोतका अनुसार दुईबीच केही महिनादेखि सहमतिका लागि बहस चलिरहेको थियो । जेनिफर र बेनले पनि धेरै पटक एकअर्कासँग बोलचाल सबै बन्द गरेका थिए । गत २ जुनपछि उनीहरुको संयुक्त तस्वीर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...