मुख्य समाचार
अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने
अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने

। अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।

राज्यस्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजको आयोजनामा हुन लागेको गौरा महोत्सवको आवश्यक तयारी गरिएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक चाड हो । सुदूरपश्चिम प्रदेशमा साताव्यापी रुपमा मनाउने गरिए पनि अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा एक दिन उत्सवका रुपमा मनाउन लागिएको समाजका पूर्वअध्यक्ष दमनविक्रम शाहले बताए ।


आयोजकका अनुसार गौरा महोत्सवका दिन सुदूरपश्चिमको प्रमुख बाजा दाइन, दमाहा, झ्यालीसहित सांस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा, छलिया, हुड्केली तथा गौरा नाचका साथै सुदूरपश्चिमका चर्चित कलाकारको प्रस्तुति रहने छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा भौगोलिक बनावटअनुसार ड्यालस र अस्टिन गरी दुई स्थानमा गौरा उत्सव कार्यक्रमको आयोजना गरिने छ ।

सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीका अनुसार गौरा महोत्सवमा गौरादेवीको पूजाआजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनी, डेउडा खेल, छलिया तथा हुड्केली नाच तथा सुदूरपश्चिमका कलाकार नन्दकृष्ण जोशी, शङ्करसिंह विष्ट लगायतका कलाकारले प्रस्तुति राख्नेछन् ।



सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशेष पर्व भएकाले सुदूरपश्चिमेलीहरुले जहाँ भए पनि गौरा पर्वलाई महत्वका साथ मनाउँदै आएका छन् । अमेरिकामा विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीलाई एकै स्थानमा जम्मा गरेर गौरा पर्व मनाउँदा सांस्कृतिको संरक्षण हुने सुदूरपश्चिमेली अगुवाको धारणा छ ।

प्रवासमा गौरा पर्व मनाउँदा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा टेवा पुग्नाका साथै अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण हुने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्वअध्यक्ष रामबहादुर देउवा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । महिनाको ३० दिन नै हरेक दिन १२ घण्टा ड्युटीमा खटिएर, ठुल्ठुलो भवनदेखि स–साना क्षेत्रको सुरक्षामा अहोरात्र खटिएका हुन्छन् । तर, मलेसियाको सुरक्षामा अहोरात्र खटिने नेपाली सुरक्षा गार्डहरू भने नारकीय जीवन भोग्न बाध्य छन् । महिनामा ३० दिन नै काम गर्नुपर्ने बाध्यता एकातिर छ भने ...
। बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह गरेको छ । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालका तर्फबाट बेलायती प्रधानमन्त्री किअर स्टारमर तथा रक्षा मन्त्रालय अन्तर्गत भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्सलाई पठाइएको एक अल्टिमेटम पत्रको जवाफ दिंदै जोन्सले सो कुरा बताएकी हुन् । भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान ...
। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी ...
। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ ...
: अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा शुक्रबार राति अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो। अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो। विष्णुकुमारी नेपालबाट घुम्न तिन दिन पहिलेमात्रै अष्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। उनी ...