मुख्य समाचार
अमेरिकी चुनावको रोचक दृश्य : डीएनसीमा रिपब्लिकनलाई मञ्च
अमेरिकी चुनावको रोचक दृश्य : डीएनसीमा रिपब्लिकनलाई मञ्च

। नेपालमा चुनावमा मुखमा दलबदल नौलो दृश्य होइन। स्थानीय तह मात्र होइन, प्रतिनिधिसभाको चुनावमा समेत आफ्नो दलले टिकट नदिने भएपछि अर्को दलबाट टिकट दिने थुप्रै छन्। टिकटकै आशमा दल बदल्छन्।

छिमेकी मुलुक भारतमा पनि चुनावको मुखमा दल बदल चर्कै हुन्छ । पछिल्ला चुनावहरुमा विपक्षी दल छाडेर सत्तारुढ भाजपामा जाने धेरै देखिएका थिए ।तर, अमेरिकाको राष्ट्रपति चुनावमा पनि यस्तै रोचक दृश्य देखिएको छ यो पटक ।


सिकागोमा चार दिनसम्म चलेको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन (डीएनसी) मा हरेक दिन रिपब्लिकनहरु प्रमुख वक्ताका रुपमा प्रस्तुत भए । उनीहरुले डोनाल्ड ट्रम्पको आलोचना गरे, अनि कमला ह्यारिसलाई अनुमोदन गरे ।

डीएनसीको चौथो दिन बिहीबार राति रिपब्लिकन एडम किङजिगरले सम्बोधन गरे। उनले टम्पको धोका र अपमानका कारण क्यापिटल घटना भएको सुनाए। डेमोक्राट्सहरुले भरिएको सम्मेलनमा उनले भने, ‘म आफ्ना रिपब्लिकन साथीहरुलाई भन्न चाहन्छु, डेमोक्राट्स पनि हामी जस्तै देशभक्त छन् ।’



उनका अनुसार कन्जरभेटिभ हुनुको अर्थ संविधान र लोकतन्त्रको पक्षमा उभिनु हो । उनले अगाडि भने, ‘तर रिपक्लिकन पार्टी अब कन्जरभेटिभ रहेन ।’ टम्पको एक मात्र उद्देश्य आफू मात्र भएको र त्यही कारण आफूले साथ छाडेको भन्दै उनले भने, ‘हाम्रो आधारभूत मूल्य मान्यताका लागि कमला ह्यारिसलाई भोट गर्नुस् ।’

अनपेक्षित रुपमा राष्ट्रपति चुनावको दौडमा आइपुगेकी उपराष्ट्रपति ह्यारिसले स्वीङ स्टेटहरुमा समेत ट्रम्पलाई टक्कर दिएकी छन् र समग्रमा उनी अगाडि रहेको एक्जिट पोलहरुले देखाएको छ ।

खासगरी स्वतन्त्र मतदाताहरु ह्यारिसतर्फ आकर्षित भएका देखिन्छ । बिहीबार मात्र सार्वजनिक एक एक्जिट पोलका अनुसार स्वतन्त्र मतदातामा ह्यारिसको रेटिङ २८ (जुनमा) बाट बढेर ४१ प्रतिशत पुगेको छ । उनी रिपब्लिकनभन्दा ५ प्रतिशत अगाडि छिन् ।

ह्यारिसका अभियानले भने स्वतन्त्र मतदातालाई मात्र होइन, ट्रम्पसँग असन्तुष्ट रिपब्लिनहरुको समेत समर्थन जुटाउने छ । डीएनसीमा हरेक पटक त्यही भइरहेको छ ।

आफ्नो पार्टीको सम्मेलनमा अर्को दलका असन्तुष्टिलाई ल्याएर बोल्न दिने रणनीति नयाँ होइन । सन् २००४ मा जर्जीयनका सिनेटर, जो आजीवन डेमोक्रेट थिए, रिपब्लिकनको राष्ट्रिय सम्मेलनमा उपस्थित भएर डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जोन केरीको कडा आलोचना गरेका थिए ।

ओहायोका पूर्वरिपब्लिकन गभर्नर जोन क्यासिच र पूर्व विदेशमन्त्री कोलिन पालेव २०२० मा डीनसीमा उपस्थित भएर रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि प्रश्न गरे ।

गत जुलाइमा भएको रिपब्लिकनको सम्मेलनमा कोही पनि डेमोक्रेट वक्ता थिएनन् । अघिल्लो पटक बाइडेनलाई मत दिएका केही मतदातालाई भने मञ्च दिइएको थियो, जसले यो पटक रिपब्लिकन उम्मेदवार ट्रम्पलाई भोट दिने सोचेका छन् ।

डेमोक्रेटिक पार्टीको सम्मेलनमा भने रिपब्लिकन मात्र होइन, ट्रम्प टिममा काम गरेकाहरु नै देखिएका छन् । जर्जियाका पुर्व रिपब्लिकन गभर्नर जेफ डंकनले भनेका छन्, ‘यदि २०२४ मा कमला ह्यारिसलाई भोट दिनुभयो भने तपाई डेमोक्रेट होइन, देशभक्त हुनुहुन्छ ।’

उनले घर बसेका लाखौं रिपब्लिकन र स्वतन्त्र मानिसहरु, जो ट्रम्पको बहानाबाजीबाट आजित भएका छन्, उनीहरुलाई सम्बोधन गर्छु भन्दै भाषण सुरु गरेका थिए ।

डीएनसीमा उपस्थित ओलिभिया ट्रोयले ट्रम्पका उपराष्ट्रपति माइक पेन्सको आतंकवाद विरोधी सल्लाहकारका रुपमा काम गर्नु कति भयावह थियो भनेर सुनाएकी थिइन् ।

ट्रम्पले सैन्य र गुप्तचर नेतृत्वलाई कमजोर बनाउनुका साथै सन् २०२० को चुनावी नजिता उल्टाउने प्रयासमा आफ्नो कार्यालयलाई प्रयोग गरेको आफूले देखेको भन्दै भनिन्, ‘यदि उनी फेरि (ह्वाइट हाउस) फर्किए भने के हुन्छ भन्ने सोचेर रातभर जागा नै रहन्छु ।’

टाइम्स म्यागजिनका अनुसार जसले रिपब्लिनक पार्टीको प्राइमरीमा निक्की हेलीलाई मत दिए, उनीहरुलाई बद्नाम गरेका छन् । यसले परम्परागत मतदातामाझ पुग्ने बाटो खुलेको डेमोक्रेटिक पार्टीका रणनीतिकारहरुको बुझाइ छ ।

डेमोकेटिक पार्टीका डेलिगेट्सहरुले एरिजोनाका मेयर जोन गिल्स र ट्रम्पका ह्वाइट हाउस प्रेस सचिव स्टफेनी ग्रिशमलाई पनि सुने । ट्रम्पको नेतृत्वमा रिपब्लिकन पार्टीले आफ्नो पहिचान गुमाएको भन्दै गिल्सले भने, ‘म आजीवन रिपब्लिकन हुँ, तर आज मैले आजको रिपब्लिकनको तुलनामा यहाँ आफ्नो महसुस गरेँ ।’

ग्रिशमले कट्टर ट्रम्प समर्थकबाट कसरी ह्यारिसको समर्थन बन्न आइपुगिन् भनेर सुनाइन् । उनले जनवरी ६ मा तत्कालीन प्रथम महिला मेलानिया ट्रम्पलाई पठाएको टेक्स्ट म्यासेज र त्यसको जवाफ पनि सार्वजनिक गरेकी छन् ।

ग्रिशमले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्नु अधिकार भएको, तर अराजकता र हिंसालाई कुनै स्थान छैन भनेर ट्वीट गर्न आग्रह गर्दै म्यासेज पठाएकी थिइन्, जसमा तत्कालीन प्रथम महिला मेलानिया नो भन्ने जवाफ दिएकी छिन् ।

ग्रिशमले अगाडि भनिन्, ‘म यहाँ एक डेमोक्रेटका लागि वकालत गरिरहेको छु किनकी आफ्नो पार्टीभन्दा धैरै देशलाई माया गर्छु । कमला ह्यारिस सत्य बोल्छिन्, अमेरिकी नागरिकलाई सम्मान गर्छिन्, उनले मेरो भोट पाउँछिन् ।’

डेमोक्रेटिक पार्टीको सम्मेलनमा पुगेर आफ्ना पूर्व समर्थकहरुले गरेको टिप्पणीबारे ट्रम्पको कुनै प्रतिक्रिया आएको छैन । नाम उल्लेख नगर्ने शर्तमा ट्रम्पको चुनावी अभियानका एक वरिष्ठ सदस्यले बीबीसीलाई बताए अनुसार ट्रम्पले सम्मेलनलाई हेरिरहेको र आफूविरुद्ध भएको टिप्पणीले चिढिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो। कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ। परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् ...
: गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्। धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठुलो संख्यामा मानिस सहभागी भए। प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्। इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जिओ गोरलाई भारतका लागि अमेरिकी राजदूतमा नियुक्त गरेको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले सर्जिओ गोरलाई भारतका लागि नयाँ अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत नियुक्त गर्ने बताएका हुन्। भारतमाथि अमेरिकाले लगाएको करलाई लिएर विवाद भइरहेको छ। यसै समयमा गोरलाई भारतका लागि अमेरिकी राजदूत बनाइएको छ। यससँगै भारत ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्। अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। ...
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...