मुख्य समाचार
थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित
थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित

: थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ। थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो।

आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डमा हुने भनिएको बिमस्टेक बैठक स्थगित गरिएको मौखिक जानकारी बिमस्टेकमा आवद्ध राष्ट्रहरुलाई आएको छ।

उच्चस्रोतका अनुसार थाइल्याण्डले आन्तरिक राजनीतिक कारण देखाउँदै नेपाललाई पनि बिमस्टेक शिखर सम्मेलन स्थगित गरेको जानकारी दिएको हो। यद्यपी लिखित जानकारी आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश,श्रीलंका, भुटान र म्यानमार सदस्य राष्ट्र छन्। परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गरिरहेको थियो।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरेपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। बंगलादेशमा पनि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा मोहम्मत युनुस नियुक्त भएका छन्। सम्मेलनमा सबै राष्ट्रको सरकार प्रमुख जाने तयारी थियो।

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...
: श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा ...
: हङकङको एक आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।लगभग ३०० जना बेपत्ता भएको जनाइएको छ। बुधबार ताई पो क्षेत्रका आठमध्ये सात भवनमा आगो फैलिएको थियो। आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा दिन नसकेको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन्। आगलागी हुँदा भवनभित्र ...
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...